विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।
शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार (असोज २२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।
हेर्नुहोस् तालिकामा…
प्रतिकृया दिनुहोस्