Friday, September 22

फेसबुक’सँगको सहकार्यमा ३० हजार स्थानमा निशुल्क वाइ’फाइ पुर्‍याउने वर्ल्ड लिंकको घोषणा..

October 8, 2020 1235

सामाजिक सञ्जाल फेस’बुकको एक्स्प्रेस वाइफाइ परियोजना’सँगको सह’कार्यमा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनि’केसनले तीन वर्षमा ३० हजार स्थानमा निःशुल्क वाइ’फाइ सेवा पुर्‍याउने घोषणा गरेको छ ।

निःशुल्क वाइफाइको लागि फेसबुक’सँगको सह’कार्य घोषणा गर्न बिहीबार आयोजित पत्रकार सम्मे’लनमा बोल्दै वर्ल्डलिंकका वाइफाइ परियोजनाका प्रबन्धक पुनित मानन्धरले फेस’बुकसँगको सह’कार्यमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने जान’कारी गराए ।

हाल वर्ल्डलिंकका देशभरका विभिन्न १० हजार स्थानमा निःशुल्क वाइफाई हटस्पट छन् । वाइ’फाइ हटस्पट परि’योजनाको लागि वर्ल्ड’लिंकले फेस’बुकको वाइफाइ एक्सप्रे परियोजनासँग सह’कार्य गरेको बिहीबार जानकारी दिइएको छ । वर्ल्ड’लिंकले अहिले रहेको आफ्नो वाइ’फाइ हटस्पटमा पनि फेस’बुकसँग सह’कार्य थालेको छ ।

वर्ल्डलिंकले अहिले १० हजार स्थानमा उपलब्ध गराइ’रहेको निःशुल्क वाइ’फाइ हटस्पटको व्यव’स्थापनको लागि पनि फेस’बुकले तयार पारेको सफ्टवेयर प्रयोग सुरु गरेको छ ।

नयाँ सफ्टवेयरको प्रयोगका कारण अब प्रयोग’कर्ताले एउटा वाइफाइ हटस्पटमा लगइन गरिसके’पछि अर्को हटस्पटमा स्वतः लगइन हुने व्यवस्था रहेको पत्र’कार सम्मेलनमा जान’कारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै वर्ल्ड’लिंकका अध्यक्ष दीलिप अग्र’वालले सर’कारले फ्रिक्वेन्सी दिए देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिन सकिने दाबी गरे । ‘सरकारले फ्रिक्वेन्सी उपलब्ध गराए देशभर दैनिक दुई घण्टा निःशुल्क इन्टरनेट दिन सकिन्छ,’ उनले भने, ‘इन्टरनेटमा पहुँच नभएका जन’संख्यालाई लाभ पुर्‍याउन निःशुल्क वाइफाइ परि’योजना सुरु गरेका हौं ।’

पत्रकार सम्मेलनमा बोल्दै फेसबु’कका प्रतिनिधि अमित सिंहले एक्सप्रेस वाइ’फाइले उच्च गतिको इन्टरनेटको लागि सहयोग पुग्ने बताए । उनका अनुसार एक्सप्रेस वाइ:फाइले उपलब्ध गराएको सफ्टवे’यरका कारण सेवा प्रदायकले प्रयोग’कर्ताको अनु:भव समेत थाहा पाउन सक्ने भएकाले सेवालाई थप स्तरीय बनाउन सह’योग पुग्ने बताए । – कान्तिपुर बाट

प्रतिकृया दिनुहोस्