October 10, 2020 969
पछिल्लो २४ घण्टामा १४ जनाको मृ’त्यु भएसँगै मृतकको नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ४५ वर्षीय पुरुष, मोरङमा २०, ७२ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
यस्तै, प्रदेश २ को सर्लाहीमा ७१ वर्षीय पुरुषको मृ’त्यु भएको छ । वागमती प्रदेशको काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
ललितपुरमा ४३ र ४९ वर्षीय पुरुष र भक्तपुरमा ६८ वर्षीय पुुरुषले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै, मकवानपुरमा ७७ वर्षीय पुरुष र धादिङमा ३१ वर्षीया महिलाको ज्या’न गएको छ ।
यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुष र लुम्बिनी प्रदेशको रुपन्देहीमा ५७ वर्षीय पुरुषको कोरोनाका कारण ज्या’न गएको छ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्