Sunday, September 24

फिल्ममा यस्तो अनौठो तरिकाले गाडि विस्फो’ट गरिँदो रहेछ (हेर्नु`होस् भिडियो)

October 11, 2020 1997

सिनेमा वा फिल्म एक प्रकारको सञ्चार माध्यम हो जसमा चल्ने चित्र र आवाजको प्रयोग गरेर कथालाई प्रस्तुत गरिन्छ। संसारभरका मानिसहरू मनोरञ्जनका लागि चलचित्र हेर्दछन्। धेरैजसो चलचित्रहरू यसरी बनाइन्छ कि ठुला पर्दा भएका सिनेमाघर वा चलचित्र  भवनमा देखाउन सकियोस।

१९औं शताब्दीबाट नै ग्रीक चलचित्रको निर्माणका लागि विभिन्न अनुसन्धान भएतापनि चलचित्रको शुरुवात सन् १९९५मा फ्रान्सबाट भएको हो। जसको निर्माण अगष्ट लुमिएर र लुई लुमिएर नाम गरेका दुई फ्रान्सेली दाजुभाईहरूले गरेका थिए।

सन् १८२४मा पिट् मार्क रोगटले फोटोहरूलाई नै छिटो–छिटो घुमायो भने वास्तवमै चलिरहेको (मूभ) भ्रम दिन सक्छ भन्ने धारणा राखेपछि चलचित्रको बारे सोच्न र काम गर्न थालियो। सन् १८९५मा यसै सिद्धान्तमा आधारित रहेर लुमियर दाजुभाइले एउटा कारखानाको तस्बिरहरू खिचेर मूभिङ इमेजका रूपमा प्रस्तुत गरे। शुरूका यस्ता चलचित्रमा ध्वनि हुँदैन थियो ।

१९२७मा बनेको द ज्याज् सिंगर ध्वनिसहितको पहिलो चलचित्र हुन पुग्यो। त्यसअघि नै सन् १९१३मा  भारतमा दादा साहेब फाल्केले राजा हरिशचन्द्र नामक अमूक(ध्वनि नभएको) चलचित्र बनाएर एसियामा सिनेमा सम्बन्धी उत्सुकता बढाइसकेका थिए।

नेपाली भाषामा वि सं २००६मा मात्रै चलचित्र बने पनि , नेपाली लाई चलचित्रको परिचय गराउने श्रेय तत्कालिन प्रधान मन्त्रि देव शमसेर लाई जान्छ । वि सं १९५८ तिर नै टुडिखेलमा उन्ले तमासाको रूपमा ‘मुभी’ देखाउन लगाएका प्रमाणहरू देखिन्छ । यसको विज्ञापन गोरखापत्र पहिलो अंकमा देख्न पाईन्छ ।

वर्तमान अवस्थामा चलचित्रमा आधुनिकता भित्रिए सँगै चलचित्रमा विभिन्न प्रविधिको प्रयोग गरेर चलचित्र हरु उत्कृष्ट बनेका छन्। चलचित्रमा प्रविधिको प्रयोग सँगै सहज त भएको छ नै आर्थिक रूपमा समेत किफायती बनेको छ ।

हामी धेरैलाई लाग्न सक्छ , फिल्म मा देखाइने दृश्य हरु कसरी खिचिन्छ ? गाडी हरु कसरी विस्फो’ट गरिन्छ यो सबै खाले उत्सुकता मेटाउन यो भिडियो हेर्नुहोस । यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्