Friday, September 22

स्कुस खानुका छन् यस्ता फाइदै फाइदा, थाहा पाएपछि भन्नुहुन्छ वाह स्कुस !

October 11, 2020 12233

नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । सस्तो, स्वादिलो, सुपाच्य र स्वस्थ्यकर । स्कुस वहुउपयोगी तरकारी । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ ।

त्यससँगै स्कुस धेरै मात्रामा उत्पादन हुने भएकाले यसले हाम्रो खाद्य भण्डारलाई पनि समृद्ध बनाएको छ । मूख्य कुरा, स्कुस स्वास्थ्यका लागि कम्ता पोषिलो छैन । तरकारी बनाएर खाए हुन्छ, उसिनेर खाए हुन्छ, मःम बनाएर खाए हुन्छ । आफुसँग पाककला भए, अनेकथरी परिकार बनाउन सकिन्छ । स्कुस निकै गुणी तरकारी हो ।

स्कुसका धेरै फाइदाहरू छन् । यसलाई शरीरमा चाहिने एन्टिअक्सिडेन्टको प्रचुरताका कारण पनि अतिगुनिलो तरकारीको रूपमा मान्ने गरिन्छ ।

एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, जसले हाम्रो शरीरको तन्तुहरूमा हुने असरबाट बचाउँछ भने यसले शरीरभित्र हुन सक्ने तनावलाई पनि कम गर्ने गर्छ ।

यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सरप्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ । स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।

मुटुको स्वास्थ्यका लागि

स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्तप्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ ।

जनावर र टेस्टट्युबमा गरिएको अनुसन्धानले रक्तनलीहरूलाई स्वस्थ बनाउन मद्दत गरेको भेटिएको छ । यसले रक्त प्रवाहमा सुधार ल्याउने एवं रक्तचाप घटाउन मद्धत गर्छ ।

यसबाहेक स्कुस फाइबरको राम्रो स्रोत हो । २०० ग्राम स्कुसमा शरीरमा चाहिने कुल फाइबरको १५ प्रतिशत आरडीआई प्राप्त गर्न सकिने बताइन्छ । फाइबर युक्त खाद्य पदार्थको उच्च सेवनले मुटु रोगको जोखिम घटाएको छ ।

रगतमा हुने गुलियो पदार्थको नियन्त्रणमा सहयोगी

घुलनशील फाइबरले शरीरको पाचन प्रणाली र कार्बाेहाइड्रेडको अवशोषणलाई सुस्त बनाउँछ, जसले रगतमा चिनीको मात्रामा कमी ल्याउँछ ।

स्कुसले इन्सुलिनलाई प्रभावित गरेर रगत हुने चिनीको मात्रा नियन्त्रणमा सहयोग पु¥याउँछ ।

स्वस्थ गर्भावस्था’लाई सहयोग गर्ने

स्कुसको नियमित सेवनले स्वस्थ गर्भावस्था’लाई सहयोग गर्न मद्धत गर्छ । फोलेट वा भिटामिन बी सबै व्यक्तिको लागि आवश्यक छ । तर गर्भवती वा गर्भा’धान संस्कारको तयारीमा रहेका’हरूको लागि यो झनै महत्वपूर्ण छ । त्यसैले यस्ता मान्छेको लागि पनि स्कुसको सेवन फाइदाजनक मानिन्छ ।

प्रारम्भिक गर्भा’वस्थामा, भ्रुणबाट मस्तिष्क र मेरुदण्डको उचित विकासका लागि फोलेट आवश्यक हुन्छ । पर्याप्त फोलेट सेवनले बच्चाको मस्तिष्क वि’कास र सकुशल जन्म’मा समेत मद्धत गर्छ ।

२०० ग्रामको एउटा स्कुसले शरी’रमा चाहिने फोलेट र भिटामिन बीको ५० प्रतिशत माग पूरा गर्ने गर्र्छ ।यसैले, सन्तुलित आहारको एक भागको रूप’मा स्कुस खानु स्वस्थ ग’र्भावस्थाको लागि उत्तम हुन्छ ।

क्यान्स’र कम गर्न स’हयोग

उच्च पोषण’युक्त फलफूल र तरकारीको उपभो’गले विभिन्न प्रकारका क्यान्सरको जोखिम कम गर्न मद्दत पुयाउने गर्छ ।

एक अध्ययनले निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्स’र हुन सक्ने कोषि’कामा त्यसको असर कम गर्ने गरेको देखाएको छ ।

यद्यपि यी नतिजाहरू पूर्ण क्या’न्सर प्रति’रोधी भनेर प्रमाणित तथ्य भने होइनन् । तर यसले क्या’न्सर कमगर्न सहयोग गर्छ भन्ने विषय भने विभिन्न अध्ययनबाट प्रमा’णित विषय हो । यसबारे थप अनुसन्धान आवश्य’क देखिन्छ ।

बुढेसका:लमा हुने दृष्टि:दोष कम गर्न

फ्रि रेडिकल भन्ने एउटा मुख्य सि’द्धान्त हुन्छ । जसले शरीरका विभिन्न कोषहरूमा क्ष’ति पुर्याएर उमेर ढल्किँदै गएपछि हुने दृष्टिदोष कम गर्न पनि मद्दत पुर्याउँछ ।

यसैले, भिटा’मिन सी पर्याप्त पाइने यो तरकारी’को नियमित सेवनले बुढेस’कालको दृश्य कम गर्न मद्दत गर्छ ।

मिर्गाैलाको काम’लाई सहज बनाउन

फ्याटी लिभर डि’जिज भनेको एउ’टा यस्तो समस्या हो जसमा अत्यधिक बोसो कलेजो छेउमा जम्मा हुन्छ । कलेजोमा जमेको धेरै बोसोले यसलाई ठीक’सँग काम गर्न अवरोध सिर्जना गर्न सक्छ ।

यसरी नियमित स्कुसको सेवन गर्दा कलेजो’मा बोसो जम्ने कामलाई यसले नियन्त्र’ण गर्न सक्छ ।

मुसामा गरिएको अध्ययनले पनि स्कुस खुवा’एको मुसा’मा कोलेस्ट्रोल र फ्या’ट्टी एसि’डको मात्रा कम पाइएको थियो । तर यसमा यो पनि अध्ययन गर्न जरुरी छ कि स्कुसले मान्छे’को कलेजो स्वास्थ्यमा कसरी सहयोग पु¥याउँछ ?

स्वस्थ रूपमा वजन बढाउन

विभिन्न अध्ययन’हरूले स्कुस नियमित सेवन गर्ने’मा तौल बढ्ने तर यसले मोटोपनाको कुनै समस्या ननिम्त्याउने समेत देखाएको छ । पछि तौल घटा’उनु पर्ने अवस्था आयो भने पनि सहजै घटाउन सक्ने गरी सन्तुलित रूपमा यसले तौ’ला बढाउन म’द्धत गर्छ ।

पाचन स्वास्थ्य’लाई सह’योग पुर्याउँछ

तपाईंको पाचन प्रणा’लीमा आवश्यक पर्ने वि’भिन्न कार्यमा सहयोग गर्नको लागि स्कुस आफैँमा सहा’यक सिद्ध खानेकुरा हो । – अनलाइन खबर बाट

प्रतिकृया दिनुहोस्