Sunday, September 24

समर्थक लाई हात जोड्दै डाक्टर केसीले यसरी तोडे अनसन (भिडियो सहित)

October 11, 2020 617

सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका छन् । शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइत’बार बि’हान अनसन तोडेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालमा सरस:फाइमा काम गर्ने कर्मचा’री विकास नेपा’लीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् ।

डा.केसीले अनसन तोडेपछि उनको स्वास्थ्य अव’स्था नाजुक भएकाले थप उपचारका लागि आइ’सीयूमा भर्ना गरिएको छ । भदौ २९ मा जुम्लाबाट १९औँ अनसन थालेका केसीले विभिन्न ६ बुँदे माग राखेका थिए । चिकि’त्सा शिक्षा र क्षेत्र सुधारको मागस’हित उनले यो अनसनमा यो पटक भ्रष्टाचारका विषय छानविन र कारबाहीको मु’द्दा पनि अघि सारेका थिए ।

कर्णाली लगायतका दुर्गमका जनताले स’हज स्वास्थ्य सेवा पाउनु पर्ने, कोरोनाबाट नागरि’कको जीवन रक्षा गर्नुपर्ने तथा आ’फूसँग भएका विगतका सहमति कार्यान्वयन गर्नुपर्ने केसी’का माग थिए ।

सरकार र डा. केसी’बीच कर्णा’ली स्वास्थ्य वि’ज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागून १० भित्र पढाइ सुरु गर्ने सहम’तिमा उल्लेख छ ।

सहमतिमा विश्व’विद्यालय र प्रतिष्ठानहरुमा पदाधि’कारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षा’सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान’सन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षम’ताका आधारमा गर्ने उल्लेख छ ।

चिकित्सा शिक्षा ऐन संशोधन’का लागि चिकि’त्सा शिक्षा आयोगले गठन गरेको कार्यद:लको क्षेत्राधिकारमा डा.केसी:बीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख गर्ने, डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सर:कारी मेडिकल कलेज खोल्न एक व:र्षभित्र प्रक्रिया अघि बढाउने पनि सहमति भ:एको छ।

प्रदेश २ को सप्तरी:स्थित राम:राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमति’पत्रमा उल्लेख छ ।

यसैगरी कोभिड–१९ को उचित व्यवस्था’पनका लागि पीसीआर परीक्षण विस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकता’अनुसार सरकारी अस्पता’लको क्षमता विस्तार गर्ने सहमतिमा उल्लेख गरिएको समाचार खबर हब मा छ ।

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्