नेपालमा कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जनाले ज्या’न गुमाएसँगै संख्या ६ सय ३६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा ५ महिला र १७ पुरुष रहेका छन् । प्राप्त विवरण अनुसार चितवनका पाँच जना, बुटवलका चार जना, सुनसरीका ३ जना, मोरङ र बाँकेका दुई जना, काठमाडौं, नुवाकोट, धनगढी, सिन्धुपाल्चोक, मकवानपुर र काभ्रेका एक एक जनाको ज्या’न गएको छ ।
नेपाल इन्जिनियर्स एशोसि’एसनका पूर्व अध्यक्ष तथा सीटीइभिटिका पूर्व उपाध्यक्ष सरोज देवकोटाको वसुन्धरास्थित वीपी स्मृति अस्पता’लमा कोरोना संक्रमणबाट निध’न भएको छ ।
यसैगरी रुपन्देहीमा थप चार जनाको मृ’त्यु भएको छ । बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्प’तालमा दुईजना, बुटवलबाट दाङ रिफर गर्दा बाटोमा एक जना र दाङको बेलुझण्डीस्थित कोरो’ना विशेष अस्पताल’मा अर्की एक महिलाको मृ’त्यु भएको छ ।
असोज २१ गते आई:सीयूमा भर्ना भएकी बुट’वल ११ की ६१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । यस्तै बुटवल–१ का ७० वर्षीय बृद्ध:को शनिवार १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृ’त्यु भएको छ ।
शनिवार अस्प:ताल भर्ना भएका उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भए:को थियो । यस्तै बुटवल–११ का ८४ वर्षीय संक्रमित बृद्धको उपचारका लागि लैजा’ने क्रममा कपिलवस्तुको धानखोलामा मृ’त्यु भएको हो ।
यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिवार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृ’त्यु भएको छ । मोरङको विराटनगरस्थित नो’बेल शिक्षण अस्पतालमा शनिवार दुई जना कोरोना संक्रमतिको मृ’त्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय वृद्ध र ४० वर्षकी महिला छन् ।
वृद्ध मुटु र फोक्सोका दीर्घ’रोगी थिए भने महिला सुगर रोगबाट पी’डित थिइन् । यता, बाँकेको नेपालगञ्जस्थित भेरी अस्प’तालमा उप’चाररत दुई जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।
नेपालगञ्ज उपमहा’नगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय बृद्ध र कोहलपुर नगरपालिका वडा नम्बर ८ निवासी ७१ वर्षीया वृद्धाको उप’चारका क्रममा शनिवार मृ’त्यु भएको छ । यता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनकुटाकी ६५ वर्षीय महिलाको आज बिहान मृ’त्यु भएको हो ।
यस्तै धरान उपमहानगरपालिका–८ की ६२ वर्षीय महिला र दुहबीका ६५ वर्षीय पुरुषको मृ’त्यु भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
यसैबीच चित’वनको भरतपुर अस्पतालमा भरतपुर महान:गरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा मृ’त्यु भएको छ । असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको स’मस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन को’रोना पुष्टि भएको थियो ।
यस्तै, चितवन मेडिकल कलेज भरत’पुरमा उपचाररत भरतपुर महानगर’पालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको मृ’त्यु भएको छ । चितवन मेडिकल कलेजमा उ’पचाररत मकवानपुरको बागमती वडा नं ६ निवासी ८५ वर्षीया महिलाको मृ’त्यु भएको हो ।
यस्तै सोही अस्पतालमा सर्लाहीको हरिवन–१० का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी भरतपुर अस्पतालको कोभिड आइसीयुमा उपचाररत भरतपुर महानगरपालिका–१ का ४७ वर्षीय पुरुषको शनिवार मृत्यु भएको हो ।
यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचा’ररत एक जना कोरोना संक्रमित पुरुषको मृ’त्यु भएको छ । धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको शनिवार मृ’त्यु भएको हो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्