Sunday, September 24

घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

October 14, 2020 2551

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो ।को राना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार ५ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि ६ रुपैयाँ घटेको हो ।

सोमबार प्रतितोला ९५ हजार १०० रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ६सय रुपैयाले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्