Monday, October 2

दुःखद खबर – कोरोना संक्रमणले एकै परिवारका ३ जनाको मृ’त्यु

October 14, 2020 1293

तनहुँमा कोरोना संक्र’मित एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ ।भीमाद नगरपालिकामा कोरोनाबाट एकै परिवारका ३ जनाको मृ’त्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशना’लयले जानकारी दिएको हो ।

भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरु’षको कोरोनाले मृ’त्यु भएको निर्देशनालयले जनाएको छ ।

बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा बाबुलाई कोरोना पुष्टि भएपछि उनको स्यहारसुसारमा खटिएका दुई छोराहरुलाई पनि कोरोना देखि’एको थियो ।

९८ वर्षीय ती वृद्धको असोज २५ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा, ७५ वर्षीय पुरुषको असोज २४ गते काठमाडौंस्थित बिएण्डबी अस्पतालमा ज्या’न गाएको थियो ।

त्यस्तै ७२ वर्षीय पुरुषको असोज १९ गते चितवन मेडिकल कलेजमा मृ’त्यु भएको स्वास्थ्य का’र्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ८ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्