Monday, October 2

आज सुनचाँदीको भाउ कति छ ? हेर्नुहोस्

October 15, 2020 1089

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो । पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

बिहीबार सु’नको भाउ स्थिर रहेको छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सो’मबार स्थिर रहेको भएप’नि मंगलबार भने ५ सयले घटे’को थियो ।

मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुध’बार ९४ हजार ५ सयमा कारो’बार भएको थियो । आज विहि’बार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदी’को भाउ भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा का’रोबार भइरहेको म’हासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्