Friday, September 22

अस्पताल भर्ना भएका अभिनेता फराज खानको संपूर्ण खर्च सलमानले तिरिदिए

October 16, 2020 1407

बलिउड अभिनेता सलमान खान फिल्ममा मात्र नभई सामाजिक कार्यमा पनि धेरै नै अघि छन् । उनले हालै बलिउड अभिनेता फराज खानको उपचा’रमा सहयोग गरेका छन् ।

जीवन र मृत्युसँग लडेका फराज खानलाई सलमान’ले सहयोग गरेका हुन् । गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका फराज आर्थिक अभाब भएका कारण उपचार’मा स’मस्या भइहेको थियो ।

भारतिय मिडियाका अनुसार फराजको उपचार भइरहेको बेंगलुरुको अस्पतालको सम्पूर्ण बिल सलमानले तिरिदिएका हुन् । सबै बिल सलमानले तिरिदिएको बारे फराजकी पत्नि कश्मिरा शाहले बताएकी छिन् ।

उनले सलमानले सहयोग गरेको भन्दै तारिफ गर्दै भनेकी छिन् – ‘सलमान तिमी साँच्चिकै महान छौँ । फराजको रेखदेख र उनको उपचा’रका लागि अस्पता’लको बिल तिरि’दिएको धेरै धेरै धन्यवाद’

फराजलाई ब्रेन इन्फेक्स’नपछि आइसी’यूमा राखिएको छ । फराजको परिवारले उनका लागि अनलाइन फन्डको अपिल गरेका छन् ।

उनी एक वर्षदेखि ख’कार र छाती दुख्ने समस्या:ले ग्र’स्त रहेका थिए । फराजको उपचारका लागि तत्काल २५ लाखको आवश्य:कता रहेको बताइएको छ । फराज फिल्म ‘मेहेन्दी’ मा रानी मुखर्जीको श्रीमानको भूमिका निभा’एर चर्चामा आएका थिए ।

प्रतिकृया दिनुहोस्