प्रयोगविधिमा कमजोरी र सचेतना तथा परीक्षण अभावले ग्यास सिलिन्डर दुर्घ’टना हुने गरेको छ । जानकारका अनुसार अधिकांश उद्योगले ग्यास सिलिन्डरको हाइड्रोलिक परीक्षण बेलैमा गर्दैनन् ।‘नेपाल गुणस्तर ऐनअनुसार सिलिन्डर पाताको मोटाइ २.९ मिलिमिटर (एमएम) हुनुपर्छ,
तर निरीक्षण गर्दा १.८ एमएमसम्म भेटिन्छन्, पाता पातलो हुँदा विस्फो’ट हुने गरेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘उद्योगीले पर्याप्त परीक्षणबिनै सिलिन्डर बजार पठाएका छन् ।’
बजारमा रेगुलेटर र ग्यास पाइप पनि कमसल पाइन्छ तर त्यस’को अनुगमन हुँदैन । ‘सिलिन्डर र रेगुलेटरको गुणस्तर’बारे गुणस्तर तथा नापतौल विभागले हेर्नुपर्ने हो,’ महर्जनले भने । ग्यास, रेगुलेटर र पाइपको निरीक्षण गर्ने दायित्व आयल निगम र वा’णिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग’को पनि हो ।
रेगुलेटर र पाइपको उत्पादन स्वदेश’मा मात्र हुँदैन, पर्याप्त मात्रामा आयात पनि गरिन्छ । धेरै’जसोले गुणस्तरको मापदण्ड पालना गर्दैनन् । आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले गुणस्तर चिह्न (एनएस) अन्तर्गत गुणस्तर विभागले नै निरीक्षण गर्नुपर्ने बताए । ‘विगतमा निगमले पनि अनु’गमन गरिरहेको थियो ।
एनएस अनिवार्य भएपछि गुणस्तर विभागले हेर्छ । उद्योगले सिलिन्डर स्क्राब गर्दा त्यसको विवरण पनि विभागमै बुझाउनुपर्छ,’ उपाध्यायले भने । गुणस्तर तथा नापतौल विभागका महा’निर्देशक विश्व`बाबु पुडासैनीले ग्यास उद्योगको अनुगमन भइरहेको दाबी गरे ।
‘कोभिड संक्र’मण र लकडाउनका कारण बीचमा त्यति अनुगमन गर्न सकेका छैनौं । तौलको हकमा छिटफुट अनुगमन भइरहेकै छ,’ उनले भने । पछिल्लो समय एनएस चिह्न अनिवार्य भएकाले उद्योगबाट त्यति हेल’चेक्य्राइँ नभएको उनले दाबी गरे ।
विभागका अनुसार धेरैजसो दुर्घ’टना रेगुलेटर भल्भबाटै हुने गरेको छ । सिलिन्डरको ‘बडी लिकेज’बाट पनि दुर्घ’टना हुन्छ तर यसको सम्भावना कम हुन्छ । ‘बडी लिक भए ग्यास लोड/अनलोड गर्दा गन्ध आउँछ ।
ग्यास उद्योग, वितरक, डिलरमा समेत स्टोर हुने हुँदा लिकेज थाहा हुन्छ,’ महानिर्देशक पुडासैनीले भने । यस्तै फाइप फिटिङ गर्दा सही ढंगले ‘लक’ नहुँदा ग्यास लिकेज हुन्छ । ‘कडा खालको पाइपले रेगुलेटरमा स’मस्या पार्छ,’ उनले भने, ‘ग्यास लिकेज भएपछि आ’गलागी हुन्छ र सिलिन्डर पड्कि’न्छ ।
धेरैजसो घट’ना यही कारणबाट हुन्छ ।’ चुलो र पाइपबाट हुने लिकेजबाट पनि दु’र्घटना हुने गरेको छ । पाइप नमिल्दा ग्यास लिक हुन्छ । ‘ग्यास प्रयोग गर्नु अगाडि राम्रोसँग जाँच गर्नुपर्छ,’ महानिर्देशक पुडासैनीले भने ।
एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पनि रेगुलेटरकै स’मस्याका कारण ग्यास सिलिन्डर पड्किने गरेको बताए । ‘एनएस प्राप्त सिलिन्डर त्यत्तिकै पड्किँ’दैन । ग्यास लिकेज भएपछि आग’लागी हुन्छ, त्यसपछि मात्रै प’ड्किने हो,’ उनले भने ।’
सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य हुनुपर्छ । ग्यासको भल्भ पुनः प्रयोगले जो’खिम बढ्दै जान्छ, त्यसैले एक पटक मात्र प्रयोग गर्नुपर्छ । पूर्वअध्यक्ष घिमिरेका अनुसार सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक परीक्षण गर्नुपर्छ, त्यसपछि प्रत्येक ५ वर्षमा अनि ३ वर्षमा गर्नुपर्छ ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डा’री सिलिन्डर त्यत्तिकै पड्किहाल्दैन । ‘ग्यास लिकेज, विद्युत् सर्टेजले आ’गलागी हुन्छ, त्यसले सिलिन्डर तात्छ, त्यसप’छि मात्रै पड्किने हो,’ उनले भने । उनका अनुसार आयात हुने सिलिन्ड’रका लागि पनि नेपालको गुणस्तर चिह्न अनिवार्य लिनुपर्छ ।
भण्डारीका अनुसार सिलिन्डर’को आयु कति वर्ष भन्ने हुँदैन । ‘कतिपय नयाँ सिलिन्डर दुई/तीन महिनामै लिकेज भएर स्क्राब गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीकहाँ ग्याससम्बन्धी ऐन छैन, भारतीय मापदण्ड’अनुसार उद्योग स्थापना भएका छन् ।’ सिलिन्डर बिक्री गर्दा हाइड्रोलिक परीक्षण गरेको, परीक्षण गरि’एको मिति, अर्को पटक पुनः जाँच गराउने मिति उल्लेख गर्नुपर्ने हुन्छ ।
सिलिन्डर नकुच्चेको, रङ नखुइलेको, सिलिन्डरको मार्किङ लेबल स्पष्ट देखिएको र तौल १४ दशमलव २ केजी भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।
प्रतिकृया दिनुहोस्