Friday, December 1

नेपालमा आज कोरोनाबाट थप १२ जनाको मृ’त्यु, यी जिल्लाका हुन् मृत’क

October 17, 2020 1426

नेपालमा कोरोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृ त्यु भएसँगै मृत’कको संख्या ७ सय २७ पुगेको हो ।

पछिल्लो समय कोभिडबाट मृ’त्यु हुनेको संख्या बढिरहेको छ । असोज महिनामा मात्रै संक्र’मणबाट ३ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् । चितवनमा कोरोना संक्रमित खैरहनी नगरपालिकाका वडा नम्बर १२ का वडा सदस्य बद्रीब’हादुर पाण्डेसहित दुई जनाको मृ’त्यु भएको छ ।

दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्या’न्सर रोगबाट समेत पी’डित थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वा’चित भएका थिए ।

यसैगरी चितवन मेडि’कल कलेजमा उप’चाररत खैरहनी नगरपालिका वडा नं. ६ की ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृ’त्यु भएको छ ।

ज्वरो, खोकी र निमोनि’याको स’मस्या भएपछि गत असोज २४ गते अस्पताल भर्ना गरिएकी महिलाको आज बिहान मृ’त्यु भएको हो । यस्तै, बीपी प्रतिष्ठान धरानमा पनि उप’चारका क्रममा दुई संक्रमितको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा धरान–१५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी ११ का ५६ वर्षीय पुरूष छन् । यस्तै बिहीबार नै संक्र’मण पुष्टि भएका झापाको पुरूषको मृ’त्यु भएको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्