पछिल्लो डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।
गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सु’नको मूल्य घटेर हिजो तोला’मा १० हजार चार सय रुपैयाँ घटे’र ९३ हजार एक सय रुपैयाँमा कारोबा’र भएको नेपाल सुनचाँ’दी व्यवसायी महासंघले जानकारी दिएको छ ।
लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महा’संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।
नेपाली बजारमा आज (आइतबार) भने सुनको मुल्य बढेको छ । शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापा’वाल सुन मुल्य आज ४०० सण् रुपैयाँले बढेर प्रतितोला ९४ हजार ९०० रुपैयाँ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य१२ सय रुपैयाँमा कारोबा’र भएको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्