Tuesday, December 5

दुःखद खबर : दशैं मान्न घर जाँदै गर्दा गाडी दुर्घ’टनामा परी ५ जनाको घटना’स्थलमै मृ’त्यु

October 18, 2020 1804

सिद्धिच’रण राजमार्ग अन्तर्गत् उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति बा २० च ७१७१ नम्बरको स्कोरपिओ दुर्घटना हुँदा पाँचको घ’टनास्थलमा नै मृ’त्यु भएको थियोे । साथै सोही दु:र्घटनामा अन्य तीन जना गम्भी’र घा’इते भएका छन् ।

दुर्घट’नामा परी मृ’त्यु हुने थप तीनको पनि पहिचान खुलेको छ । उनीहरु ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ की ३५ नरिमाया सार्की र ४० वर्षीय खड्ग बहादुर सार्की तथा कटारी नगरपालिका–८ सिरि’सेका महेश बहादुर विक रहेका ईलाका प्र’हरी कार्यालय कटा’रीका प्रमुख (डीएसपी) हेमन्त भण्डारी क्षेत्रीले बताए ।

उनीहरुको पनि घट’नास्थलमै मृ’त्यु भएको थियो । त्यसोत, यसअघि नै पहिचान खुलेका मृत’कहरु ओखलढुंगा मानेभञ्ज्याङ–९ का ४५ वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण बहादुर सार्की रहेका छन् ।

उक्त दुर्घट’नामा ओखलढुंगाको माने’भञ्याङ–९ की १८ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भी’र घा’इते भएका छन् । उनीहरुलाई थप उपचा’रका लागि विराटनगर पठाइएको छ, भने अर्की घा’इते २१ वर्षीया कुमारी सार्कीको कटारी अस्पता’लमा उ’पचार भइरहेको छ ।

गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको छ । मृ’तकको श’व ईलाका प्रहरी कार्यालय कटारीको टोली, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो ।

उनीहरु सबै जना भारतबाट दशैं मान्नका लागि घर आउने क्रममा भैरहवा क्वारेन्टाइनमा १४ दिन बसेर गाडी रिर्ज’भ गरी घर हिडेका थिए ।

केही दिन अगाडि असोज २१ गते सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–८ सिरिसेमा कन्टेनर (डब्बा) सडकदेखि ५ सय मिटर तल खस्यो । कन्टेनर दुर्घटना हूदा २ जनाको घट’नास्थल मैं मृ’त्यु भएको थियो भने २ जना सख्त घा’इते भएका थिए ।

हाल उनीहरुको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । शनिवार राति १२ बजे कटारी १४ स्थित भदौरे भीरबाट करीब ९ सय मीटर तल स्कार्पियो खस्दा घट’ना स्थलमैं ५ को मृत्यु भएको छ, भने ३ जना सख्त घा’इते भए’का छन् ।

यसरी दुर्घ’टना बढ्दै गएपछि स्थानीय प्रशासनले साँझ ५ बजे देखि बिहान ४ बजेसम्म सवारी आवत-जावत रोक लगाएको छ ।

बढ्दो सवारी दुर्घ’टनालाई मध्येनजर गर्दै दु’र्घटना नदोहारियोस्, धनजनको क्ष’ती रोक्नका लागि उक्त कदम चालिएको ईलाका प्रह’री कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा आज (आइतवार) बसेको बैठकले सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्डमा सडकको अवस्था अत्यन्त जी’र्ण रहेको, भौगोलिक बिकटताको कारण सडक दुर्घ’टना हुनसक्ने जोखि’मलाई मध्य नजर गर्दै कात्तिक २ गतेबाट साँझ ५ बजेदेखि बिहान ४ बजेसम्म मोटर साइकल बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको समाचार न्युज२४ नेपालमा छ ।

प्रतिकृया दिनुहोस्