Sunday, September 24

काँग्रेसका सबै संघीय सांसदले दसैँ भत्ता वापतको रकम फिर्ता गर्ने निर्णय

October 19, 2020 1257

चौतर्फी आलोचनापछि नेपाली काँग्रेसका सबै संघीय सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम फिर्ता गर्ने नि’र्णय गरेको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पिडा र क’ठिनाई भोगी’रहेका अवस्थामा जनप्रति:निधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभए’कोले पार्टीको तर्फबाट प्रति’निधित्व गर्ने सबै संघीय संसदका सदस्य’हरुलाई उपलब्ध गराइएको दसैं भत्ता वापतको फिर्ता गर्ने नि’र्णय गरेको जानकारी दिए ।

उक्त रकम वापत हुन आउने त्रीचा’लिस लाख बीस हजार आठ सय दश जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरका’रले स्थापना गरेको “कोरोना भाइ’रस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा जम्मा गर्ने निर्णय गरेको उनको वि’ज्ञप्तिमा उल्लेख छ ।

कोरोनाबाट देशभर दिन प्रतिदिन संक्रमित र मृ’त्यु हुनेको संख्या बढी रहेको अवस्थामा परीक्षण र उप’चारको दायरालाई बढाउँदै जानु पर्नेमा त्यसको ठिक विपरित सरकारले कोरो’ना भाइर’सको परीक्षण र उपचार स्वयं नागरिकले आफै गर्नुपर्ने तथा संक्रमितको होम आइ’सोलेसनमा मृ’त्यु भएमा आफन्तले नै श’व व्यवस्थापन गर्नुपर्ने जस्ता गैरजि’म्मेवार तथा गलत निर्णय गरेको पनि काँग्रेस:ले ठहर गरेको छ ।

काँग्रेसले सर्वोच्च आदलत’को कोरोना भाइ’रस परीक्षण र सम्पूर्ण उप’चार निःशुल्क गर्नु भन्ने आदेशलाई समेत सरकारले अवज्ञा गर्दै जनहित विपरितको निर्णय गरेको समेत ठहर गरेको छ ।

काँग्रेस प्रमुख सचेतक खाडले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘संविधान, कानून तथा अदाल:तको आदेश समेत सरकारले पालना नगरे कस्ले गर्ने ? कोरोना भाइरस एक महा’मारी सं’क्रामक रोग भएको कारणले यसको प’रीक्षण र उप’चारको दायित्व सरकारको हो । सर’कारले हालै गरेको निर्णयले भोलिका दिनमा भया’वह स्थिति सृजना हुने निश्चित छ ।

तसर्थ, आमनागरिकको जीवन माथि नै खेल’वाड हुने गरी गरिएको निर्णयलाई तत्काल सच्याउन जोडदार माग गर्दै जनता प्रति उत्तरदायी, संवेदनशी’ल र गम्भी:र बनी आमना’गरिकको जीवन रक्षामा अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउँदछौं ।’ – सेतोपाटी

प्रतिकृया दिनुहोस्