Monday, January 18

मजदुरी गरेर हुर्काएको छोरो तस्करले मा’रेपछि उजाडियो आमा कलावतीको सपना (भिडियो सहित)

October 19, 2020 2523

नेपाल प्र’हरीका साहायक निरिक्षक गोविन्द बिक सानै छंदा उनका बाबुले यो संसार छा’डेर गएका थिए । त्यतिबेला उनी जम्मा नौ वर्षका बालक थिए । बाबुको नि’धनपछि आमा कलावती बिकले गोबिन्दसंगै तीन छोरा र एक छोरीलाई मजदुरी गरेर हुकाईन् ।

गोबिन्द तीन दाजुभाईमा माहिला छोरा थिए । सुकुम्बासी परिवारका गोबिन्दकी आमाको बाबुको निध’नपछि सहारा केही थिएन । बुवा बिते’पछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आईलाग्यो ।

सम्पत्तीका नाममा केवल एउटा ओत लाग्ने झुपडी थियो गोबिन्दको परिवारकालागी । त्यही झुपडीमा हुर्किएका थिए गोबिन्द । गोबिन्द र उनका दिदी भाईहरुलाई हुर्काउ:नकोलागी आमा कलावतीले अर्का’को खेतमा काम गरिन् । दाउरा बेचिन् । मज:दुरी गरिन् । आफ्ना सन्तानलाई हुर्काउन आमा कलावतीले निकै कष्ट सहेरै भएपनि छोराछो’रीलाई पढाएर ठूलो मान्छे बनाउने सपनामा उनी लागि रहिन् ।

दाईभाईले पढाईमा धेरै रुचि देखा:एनन । तर गोविन्दले पढाई छोडेनन । पुनर्वा’सको क गाउँमा रहेको बागेश्वरीमा माविबाट एसएलसी पास गरे । र थप पढाईका लागि उनकी आमा कला’वतीले कैला’ली बहुमुखी क्याम्पस भर्ना गरिन् ।

धनगढीमा डेरा गरेर पढाउन सक्ने आर्थिक हैसियत थिएन गो:बिन्दको । तर पनि छोरा:लाई पढाएर ठूलो मान्छे बनाउने सपना पुरा गर्न गोबिन्दकी आमाले रातदिन मज:दुरी गरिन् । अन्ततः तीन वर्ष’अघि आमा कलावतीको सपना पुरा भयो ।

गोविन्दले नेपाल प्रहरीमा प्रहरी सहायक निरिक्षक’मा नाम निकाले । त्यो दिन कलाव’तीका लागि मात्र नभएर उनको समुदायकै लागि ठूलो खुशीको दिन थियो । दलित समुदायबाट असई हुने गोविन्द पहिलो युवा थिए । पढेर के हुन्छ र भनेर बीचमै पढा’ई छोड्ने दलित समुदायका विद्यार्थीहरुका लागि त उनी प्रेरणाको स्रोत नै थिए ।’

किनकी उनी आफ्नै बलबुता, अध्ययन र मिहि’नेतले असई भएका थिए । उनको न पहूँच थियो । न त उनी कुनै राजनैतिक दल’का कार्यकर्ता थिए । आमा कलाव’तीको छोरा ठूलो भएको हेर्ने सपना भने धेरै समय टिकेन ।

भदौ पहिलो साता धनगढी उपमहानग’रपालिका—१२ जुगेडा स्थित प्रहरी चौकीको ईञ्चार्जको जिम्मे’वारी सम्हालेका गोविन्द कार्तिक १ गते राति गस्तीको क्रममा निस्किएका बेला तस्क’रहरुको एम्बुस’मा परे । उनको बि’भ’त्स ढंगले तस्कर हरुले ह’ त्या गरे ।

गोविन्द राति गस्तीबाट हराए’को खबर सुनेपछि अत्तालिएका उनकी आमा र श्रीमती उनको लाश भेटिएयता होसमा छैनन् । परिवारका सदस्यहरु आफै वि’क्षिप्त झै छन् ।

गोविन्द सिंगो दलित समुदा यको एक्लो असई थियो । उसैलाई मारिदिए । तस्करले गोविन्दले धनगढीमा डेरा लिई छोराछोरीलाई पढा ईरहेका थिए । – ताजा खबर

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्