नारायणगढ मुग्लिन सडक बढी दुर्घ’टनाको हुने क्षेत्र हो । सडकको स्तरोन्नती भएसँगै सवारी दु’र्घटनाको जोखिम बढ्दो छ । खुला र फराकिलो सडक , नारायणगढ मुग्लिन सडकको भतेरीमा सवारी हुईकदै थिए । सडकका छेउमा अत्याधिक गति प्रतिघण्टा चालिस किलोमिटर तोकिएको सडक चिन्हको बोर्ड पनि छ । यसको वास्ता नगरी सवा’रीको गति बढी नै थियो ।
राजमार्गमा ट्राफिक देखिए पनि सवारी चालकलाई त्यसको वास्ता थिएन । अन्य समयमा जस्तै कागजपत्र चेकजाँच ठानेर सवारी हुइकाउनेहरु राजमार्ग क्षेत्रमा आफ्नै सुरमा गा”डी चलाउँदै थिए ।
प्रह’री सहायक निरीक्षक मदनबहादुर विष्टले गतिमापन यन्त्र ‘राईडर गन ’ तेर्साउन थाले । तीब्र गतिमा सवारी हा’केको प्रमाण देखाएपछि सवारी चालक झसङ्ग भए ।
अन्य सम’यमाझै सडक सुरक्षाको नियम उल्लघन ग’र्नेहरु बिहीबार प्रहरीको छड्के चेकजाँचको कारवा’हीमा परे । ‘ कसैलाई थाहा छैन भनेर टाढाबाट स्पिड आउने सवा’रीलाई टार्गेट गरेर गन हान्छौं, ‘विष्टले भने, ‘कतिपयले विवाद गर्छन् । हामी प्रिन्ट गरेर त्यसको प्रमाण’सहित कारवाही गर्छौं ।’
यसरी कारवा’ही गर्दा कतिपयले विवा’द गर्छन् । ट्राफिकमाथि आक्रोश पोख्नेहरुलाई सम्झाएर पठाउँछन् । सडक सुरक्षाका लागि ट्राफिक प्र’हरी बाग्मती प्रदेशले गतिको अनुगमनमा कडाइ थालेको छ।
गतिमा सवारी चलाउनेलाई बाग्मती प्रदेश ट्राफिक प्र’हरी कार्यालयले कारबाही गर्न थालेको छ । अत्याधिक दुर्घ’टनाको संभावित क्षेत्रमा राइडर गनप्रयोग गरेर प्र’हरीले गति नियन्त्रण गर्न थालेको छ । सवारी दु’र्घटनामा कमी ल्याउन ट्राफिक प्र’हरीले गति नि’यन्त्रणमा कडाइ गर्न ट्राफिक प्र’हरीले छड्के निगरानी थालेको हो ।
चाडपर्व लक्षित गरेर अहिले सवारी गतिमापन बढी हुने गरेको छ । राजमार्ग क्षेत्रमा तीब्र गतिमा गुडेका सवारीलाई धमाधम कार’वाही थालिएको छ । उपत्यका बाहेक बाग्मती प्रदेशका ट्रा’फिक प्रह’रीले राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रणलाई प्रभावकारी बनाउन गति निगरानी गर्न सुरु गरेको ट्राफिक प्रह’री कार्यालय बाग्मती प्रदेश प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
‘चाडपर्वमाअत्याधीक गाडी कुदाउने क्रम बढेपछि सजगता र सतर्कताको लागीगति नियन्त्रण गरेका हौं’ कोईरालाले भने, ‘दु’र्घटना न्यूनिकरणमा हामीप्रयास गरेका हौं।’
चितवन भएर आवत’जावत गर्ने सवारी’लाई लक्षित गरिएको छ । मोटरसाइकल, कारसहित ठूला क्षमताका सवारी कारवाहीमा परेका छन् । प्रहरीले तिहार छठ विशेष सुरक्षा योजना’लागु गरेको छ प्रदेश कार्यालयले चितवनमामात्रै करिब एक सातामापाँच सय एक सवारी कारवाहीमा परेका छन् । नाराय’णगढ मुग्लिन सडकको स्तरोन्नति भएपछि सवारीको गति पनि बढी हुने गरेको छ । अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्