काठमाडौं, सिन्धुली, रुपन्देही, चितवन, कैलाली र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दु’र्घटनामा परी ६ जनाको मृ’त्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा बा.८४ प ५६४० नम्बरको पार्किङ गरी राखेको मोटरसाइकलमा प्रदेश ३-०२-०१४ प ९७९८ नम्बरको स्कु’टर ठोक्कि’एर सोमबार दिउँसो दुर्घ’टना हुँदा स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका-२ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृ’त्यु भएको छ ।
दुर्घ’टनामा गम्भी’र घा’इते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उप’चारको क्रममा मृ’त्यु भएको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-१ चम्राहीस्थित सडकमा प्रदेश ३-०२-०१० प ६७६६ नम्बरको मोटरसाइकलको ठक्क’रबाट पैदलयात्री सोही ठाउँ बस्ने सन्तोष भुजेलकी छोरी ९ वर्षीया समिता भुजेलको सोमबार दिउँसो मृ’त्यु भएको छ ।
दुर्घट’नामा गम्भी’र घाइ’ते भएकी उनको जिल्ला अस्पता’ल सिन्धुलीमा उपचारको क्रममा मृ’त्यु भएको हो । साथै दुर्घ’टनामा घाइ’ते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने उमेश भुजेलको सोही अस्प’तालमा उप’चार भइरहेको छ ।
रुपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोकमा लु.२ त ४६११ नम्बरको ट्याक्टर अचानक सडकमा पल्टिएर सोमबार दिउँसो दुर्घ’टना हुँदा ट्याक्टरमा सवार रोहीणी गाउँपालिका-३ बस्ने १२ वर्षीय निखिल घर्तीको मृ’त्यु भएको छ ।
दुर्घट’नामा गम्भीर घा’इते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृ’त्यु भएको हो । साथै दुर्घ’टनामा घाइते भएका ट्याक्टरमा अन्य ३ जनाको सोही अस्पतालमा उप’चार भइरहेको छ । फरार ट्याक्टर चाल’कको प्रह’रीले खोजी गरिरहेको छ ।
चितवन, रत्ननगर नगरपालिका-१० भानु चोकमा प्रदेश ०३-००१ ख १९९ नम्बरको बसले प्रदेश २-०३-००२ प २८१६ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा स्कुटर चालक रत्ननगर नगरपालिका-२ बस्ने २२ वर्षीय बिपन क्षेत्रीको मृ’त्यु भएको छ ।
दुर्घ’टनामा गम्भी’र घा’इते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृ’त्यु भएको हो । साथै दु’र्घटनामा घाइते भएका स्कुटरमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको सोही अस्पता’लमा उपचा’र भइरहेको छ ।फरार बस चालकको प्रह’रीले खोजी गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीमा रोकी राखेको म.१ ख ६१७ नम्बरको ट्रकमा धनगढीबाट धत्तरीयातर्फ जाँदै गरेको से.१ प ८७६१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
दुर्घट’नामा गम्भी’र घा’इते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचा’रको क्रममा मृ’त्यु भएको हो ।
झापा, शिवसताक्षी नगरपालिका-१ कमल खोलास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय बल बहादुर चेम्जोङको सोमबार राति मृ’त्यु भएको छ ।
दुर्घ’टनामा गम्भी’र घा’इते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उप’चारको क्रममा मृ’त्यु भएको हो । ठक्कर दिने मोटरसाइकल तथा चालकको प्र’हरीले खोजी गरिरहेको छ । दुर्घ’टनाका सम्बन्धमा स्थानीय प्र’हरीले आवश्यक अ’नुसन्धान गरिरहेको छ । – ओएस नेपाल
प्रतिकृया दिनुहोस्