Friday, September 22

पत्रकार रबि लामिछाने दम्पतिलाई कोरोना संक्रमण, कोरोना पुष्टी भएपछि रविले यस्तो लेखे

October 29, 2020 3837

नेपालका चर्चित पत्रकार रबि लामिछाने दम्पतिलाई कोरोना संक्रमण पुष्टी भक्रो छ । उनले फेसबुकमा एउटा स्टाटस पोस्ट गर्दै दुवै जनालाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले यस्तो लेखेका छन्:

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

स्टाटस

यो पनि ….

कोरोना भाइरसको संक्रणम हुँदा कसरी साबधानी अपनाउने ? कोरोना भाइरस के हो ? यसबारे यहाँ केही जानकारी प्रदान गरिएको छ ।

कोरोना भाइसरको वास्तविका नाम नोवेल कोरोना भाइरस हो । यो भाइरस चीनमा पत्ता लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ । तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

कोरोना भाइरसको लक्षण

–ज्वरो आउनु र खोकी लाग्नु,B–छिटोछिटो सास फेर्नु,–सास फेर्न गाह्रो हुने,–समयमा उपचार नभएका निमोनिया हुनु, –सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु, –मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु हुनसक्छ।

कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने ?

–नियमित रुपमा हात सफा गर्ने,– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने,–मासु र अण्डा राम्रोसँग पकाएर खाने, –कोरोना भाइरस लागेको लक्षण,देखिएका मानिसदेखि टाढा बस्ने ।

प्रतिकृया दिनुहोस्