भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कार’बाही गर्न प्र’हरी प्रधान कार्यालयले सा’इबर ब्युरोलाई चिठी लेखेको छ।
भिटेनले एक साताअघि युट्यु’बमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहि’टीलाई चिठी लेखिएको केन्द्रीय प्र’हरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।
भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडि’ओ सार्वजनिक गरेका थिए। यसअघि भिटेन’लाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपरा’ध महाशाखाले पक्रा’उ गरेको थियो।
एक वर्षअघि पनि र्यापका विषयमा उनी वि’वादमा परेका थिए। प्रह’रीले पक्रा’उ गरी उनलाई भि’डिओ डिलिट गर्न लगाएको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रह’रीले उनलाई बिनाका’रबाही रिहा गरेको थियो।
भिटेनले फेरि आपत्ति’जनक शब्द प्रयोग गरी प्रह’रीलाई समेत दुर्व’चनयुक्त भि’डिओ सार्वजनिक गरेपछि का’रबाही गर्न निर्देशन दिएको एसएसपी कडायतले बताए।
त्यहाँ प्रयोग भएका शब्द सभ्य समा’जले पचाउने खालका छैनन्, प्रह’रीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो,’ कडायतले भने। साइबर ब्यु’रोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको बतायो।
‘चिठी आइ’सकेको छ, त्यो भिडिओ कुन अवस्थामा कसरी खिचिएको वा सार्वजनिक गरिएको हो, को-को संलग्न छन्, हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं,’ ब्युरो प्रमुख एसएसपी नवीन्द अर्यालले सेतोपाटीसँग भने।
केही दिनअघि सार्व’जनिक भएको भिटेनको उक्त भिडि’ओ अहिले नेपालको युट्युबमा टेन्ड्रि’ङको पहिलो नम्बरमा छ। – सेतोपाटि
प्रतिकृया दिनुहोस्