Friday, September 22

दुःखद खबर: गुडिरहेको मोटरसाइकलबाट अचा’नक खसेर एक महिलाको मृ’त्यु

October 31, 2020 1714

गुडिरहेको मोटरसाइकलबाट अचा’नक खसेर घाइ’ते हुनुभएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उप’चारको क्रममा मृ’त्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा बिहीबार को३७प २२३२ नंको मोटरसाइकलमा सवार ताजपुरिया अचान’क खस्नुभएको र उहाँको विराटनगरस्थित गोल्डेन अस्पतालमा आज बिहान उपचारको क्रममा मृ’त्यु भएको इलाका प्रह’री कार्यालय गौरीगञ्जले जनाएको छ ।

प्रह’रीले दुर्घट’नामा ती महिला सवार मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जनाएको छ ।

त्यस्तै सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दु’र्घटना हुँदा सह चालकको मृ’त्यु भएको छ । छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृ’त्यु भएको प्रह’रीले जनाएको छ ।

डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दु’र्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ । –  ताजा खबर ( फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्