Saturday, September 23

राजतन्त्र फर्काउने भन्दै राजावादीहरु ओर्लिए सडकमा….. हेर्नुहोस्

October 31, 2020 1293

राजतन्त्र फर्काउनका लागि राजावादी’हरुको सक्रियता बढ्न थालेको छ । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फ’र्काउन भन्दै शनिबार उनीहरुले देशव्या’पी रुपमा अभियान शुरु’वात गरेका छन् । सोही क्रममा जनकपुरधाममा समेत शनिबार र्याली निकालिएको छ ।

राजतन्त्र समर्थक’हरुको र्यालीले जनक:पुरधाम नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नाराबा’जीसमेत गरेका थिए ।

र्यालीमा सहभा’गीहरुले राजतन्त्र पुनर्व’हाली गर, भ्रष्टाचार अन्त्य गर, हत्याहिंसा बला’त्कारजस्ता जघन्य आपरा’धिक घ’टना नियन्त्रण गर लगायतका नारा लगाएका थिए ।

राष्ट्रवादी नागरिक समाज’को उक्त अभियानका संयोजक चन्द्रबहादुरले देशमा भ्र’ष्टाचार दिन प्रतिदिन बढिरहेको, बलात्कार, हत्याहिंसा जस्ता घटनाहरु दिनदिनै बढ्न थाल्दा समेत सरकार मुकदर्शक बने:को भन्दै राजतन्त्र नै फर्काउनुपर्ने दाबी गरे ।

उनले अहिलेका संसदीय दलह’रुबाट देशलाई बचाउन सक्ने अवस्था नरहेकाले देशले राजतन्त्रको खाँचो महशुस गरे’को उनको भनाइ थियो ।

उपसंयोजक लक्ष्मी मल्ल’ले देशमा रा’जतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी महाअभियान जारी रहने बताइन् । उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दाबीसमेत गरिन् । उनले समावेशी राज्यसत्ता सहि’तको शासनले नै देशमा समृ’द्धि ल्याउने बताइन् । – रातोपाटी

प्रतिकृया दिनुहोस्