Monday, June 21

जथाभावी बाटो काटे’र ट्राफिक नियम मिचेको अभि’योगमा कुखुरो समातियो

November 1, 2020 619

ट्रा’फिक नियम मिचेको भन्दै कुखुरो गिरफ्तार भएको तपाईले कहिल्यै सुन्नुभएको छ । यो अचम्मको घ’टना स्कटल्याण्डमा घटेको हो ।

अन्तराष्ट्रिय मिडियाका अनुसार पुलि’सले टेसाइट क्षेत्रको पुलि’सले अत्यन्तै ब्यस्त समयमा जथाभावी बाटो काटे’को अभि’योगमा उक्त कुखुरालाई पक्रा’उ गरेको हो ।

कुखुराले सडक पार गरिरहँदा उसकै कारण ट्राफि’क जाम भएपछि ट्राफि’कलाई जाम खुलाउन निकै सकस परेको थियो ।

पक्रा’उ गरेपछि प्रह’रीले कुखुराको मालिकको पनि ग’म्भिर तरिकाले खोजीनिती गरे पनि भेटाउन नसकेपछि एस एस पि सि ए नामक जनावरसँग सम्बन्धित संस्थालाई पनि खबर गरेर प’क्राउ गरेर धेरै समयपछि मात्रै छाडेको बताइन्छ । – एजेन्सी

यो पनि पढ्नु होस्…

भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् ।आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपट’क रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयु:ङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसा’यिकरूपमा नै यसको खेती भइरहेको छ ।

व्यावसायिक रूपमा नागीका सुरज राईको परिवारले २०० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको छ । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसा’यिक खेती भइरहेको कृषक राईले बताए । रोपेको दुई वर्षबाट केही उत्पादन दिन थालेकामा यस वर्षबाट भने उत्पादन दोब्बर भएको राईको भनाइ छ ।

उनले भने, “किवीले हाल आएर राम्रो उत्पाद’न दिन थालेको छ, मकै आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु ।”

राईले इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको जानकारी दिए । किवीको साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती पनि गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए ।

राईको बारीमा पाँच लाखदेखि छ लाखसम्मको किवी फल्ने गरेको उनको भनाइ छ । अन्य परिवारको सदस्यको सहयोगबाट खेती गरिरहनुभएका राईले किवीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए ।

आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमा र केही सदरमुकाममा लगरे बेच्ने गरेको राईले जानकारी दिए । किवी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री गर्दै आएको राईले जानकारी दिए । नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हँुदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ ।

“मैले खेती गर्न थालेपछि अन्य साथीहरुको पनि यसतर्फ आकर्षण बढेको छ, सडकको पहँुच वृद्धि भइरहेको छ, आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ”, कृषक राईले भने । किवीखेतीको सम्भावना राम्रो देखिएपछि आफूले पनि खेती गर्ने सोच बनाएको राईका छिमेकी सरोज बस्नेतले बताए ।

“उनले चार वर्षअघि खेती गरेको देख्दा खास फल्छजस्तो लागेको थिएन तर अहिले अति नै राम्रो फलेको देख्दा मैले पनि खेती गर्ने सोच बनाएको छु ।”किवीखेतीका लागि उपयुक्त हावापानी भएको देखिएकाले एक हजार ५०० मिटरभन्दा माथि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस्