राजसंस्था सहितको हिन्दू राज्यको वकालत गर्दै हिड्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा नम्र स्वभावका मानिन्छन् । पत्रकारले सोधेको प्रश्नको जवाफ नम्र भएर हाँसी हाँसी दिने नेता थापा बुधबार प्रसारण भएको एक टिभी कार्यक्रममा भने आक्रोशित बने ।
न्युज २४ टेलिभिजनको कार्यक्रम ‘टू दि पोइन्ट’ मा पत्रकार आजु थापाले सोधेका प्रश्नको २० मिनेट सम्म सरल तथा सहज उत्तर दिएका नेता थापा राज संस्था र हिन्दू राज्यको बारेमा प्रश्न गर्दा भने एका एक आक्रोशित बने ।
“तपाईहरुले भने बमोजिमको सविंधान बन्यो भने व्यवहारमा के परिवर्तन हुन्छ ? जनताले के पाउछन्? तपाईहरुले के दिनुहुन्छ?” भन्ने पत्रकारको प्रश्नमा कमल थापाले भने ” अहिलेको संविधानमा जहाँ धर्म निरपेक्षता भनेर लेखिएको छ त्यो स्थानमा पूर्ण धार्मिक स्वतन्त्रता’सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र नेपाल लेखीनेछ ।
यो लेखिएपछि सबै धर्मलाई बराबरीको स्वतंत्रता र समानता प्राप्त हुनेछ । नेपालको राष्ट्रिय पहिचानलाई जोगाउने राष्ट्रको जिम्मे’वारी हुन्छ । अर्थात् अहिले जस्तो जुन किसिमबाट स्वच्छन्द रुपमा धर्म परिवर्तन गराउने, परम्परागत धर्म र संकृति माथि आक्रमण गर्ने कार्यहरू कानुनतः निषेधित हुनेछन् ।
साथ साथै आगामी दिनमा राज्य र समाज व्यवस्थाको सञ्चालनको निमित्त हामीले परम्परागत मूल्य मान्यतालाई प्रमुख आधारको रुपमा लिएर जानुपर्ने हुन्छ । ”
यही व्यवस्था नभएर हो त हिन्दू धर्ममा स्खलन आएको ? प्रगतिको बाटो छेकिएको भन्ने प्रश्नमा थापाले भने ” केही दिन अघि सप्तरीमा ५० हजार बढी मुस्लिम भेला भएर एउटा भेलाको आयोजना गरियो । भेला गर्न पाइन्छ त्यसमा मेरो आपत्ति छैन , तर त्या कसरी त्यत्रो भेला हुन सक्यो ?
काठमाडौमा २३ वर्ष अघि मात्रै प्रत्येक शुक्रबार ५ साय जति मानिस मस्जिदमा भेला हुन्थे । आज १० हजार मानिस कहाँबाट आइरहेको छ ? नेपालमा गाउँ गाउँ मा हाम्रो पुरानो धर्म संस्कृति नष्ट गर्दै विदेशी धर्म संस्कृति हरु स्थापित हुँदै छ ।
नेपालमा मन्दिर भन्दा चर्च धेरै हुन लाग्दै छन् । यसले हाम्रो समाजको मानसिकतालाई जुन किसिमको प्रभाव पार्दछ ,यसले हाम्रो राष्ट्रिय हित र सुरक्षालाई खतरा’मा पार्छ ।”
यदि तपाईंले भने जस्तो भयो भने मुस्लिमले गरेको भेला , क्रिश्चियनले गरेको भेला , चर्च खोल्ने अथवा अरु धार्मिक गतिविधि रोक्नु हुन्छ?? भन्ने पत्रकारको प्रश्नमा नेता थापा अलि आक्रो’शित भए , हेर्नुहोस सम्पूर्ण नालीबेली भिडियोमा
प्रतिकृया दिनुहोस्