Thursday, June 24

आफ्ना औंला हेरेर थाहा पाउनुहोस् तपाईको आफ्ना गोप्य कुराहरु….

November 2, 2020 663

ज्योतिषशास्त्रमा हत्केलाका रेखा र चिन्ह अनुसार मानिसको भविष्य र स्वभावबारे जानकारी दिइन्छ । त्यसैगरी हस्तरेखा विज्ञानमा बुढी औलाको बनावट अनुसार समेत यसबारे जानकारी दिन सकिन्छ ।

आज हस्तरेखा ज्योतिषशास्त्र अनुसार हातको बुढी औला कस्तो हुदाँ मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौ ।

– समुद्रशास्त्र अनुसार जुन मानिसको हातको बुढि ओला लचिलो हुन्छ र सहजै पछाडी जान सक्छ भने त्यस्ता ब्यक्तिमा जिद्धीपना कम हुने मान्यता छ ।

– यस्ता ब्यक्ति अवसरलाई चाडँै बुझ्ने र परिस्थिति अनुसार आफुलाई ढाल्न सक्ने क्षमताका हुन्छन् । तर यस्ता ब्यक्ति कतिपय अवस्थामा चाँडै अरुको कुरामा आउने र आफ्नो व्यक्तित्व बनाउन असफल हुन्छन् ।

– यस्तो बुढि औला हुने मानिस राम्रो कमाई गर्न सके पनि बचत गर्न असफल हुन्छन् ।

– जुन मानिसको हातको बुढी औला माथिको भाग मुनीको भागभन्दा अत्याधिक मोटो हुन्छ यस्ता ब्यक्ति बाठो र स्वार्थी हुन्छन् । यस्ता ब्यक्ति फाइदा बिनाको कुनै काम गर्दैनन् ।

– समुद्रशास्त्र अनुसार जुन व्यक्तिको हातको बुढी औलामा शंखको आकृती हुन्छ यस्ता व्यक्तिमा यौन इच्छा अत्यधिक हुने गर्दछ । यस्ता व्यक्ति धनवान र सुखी जीवन बिताउने गर्दछन् ।

-यो औला सानो र मोटो हुनु राम्रो मानिदैन । यस्ता औला भएका ब्यक्ति रिसाहा र ठाडो स्वभावका हुने गर्दछन् । यीनिहरु विषयलाई गम्भीरताले सोच्नुको सट्टा भावुकतामा बहकिने गर्दछन् । त्य’सैले यस्तो बुढी औला भएका ब्यक्तिले कष्ट भोग्ने गर्दछन् ।

– जुन ब्यक्तिको हातको बुढी औला लामो हुन्छ यस्ता ब्यक्ति बुद्धिमान र तर्कशील मानिन्छन् । यस्ता ब्यक्ति आफ्नो ज्ञान र विवे’कले मानसम्मान र धन आर्जित गर्न सक्छन् ।

यो पनि …शरीरमा आउने ‘कोठी’ के हो, कुन अंगको कोठीको के अर्थ ? थाहा पाउनुहोस्

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् भन्ने धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ । यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।

यस्तो कोठी शरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ ।

निधारमा कोठी हुनेहरु बलबान हुन्छन् । चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् । दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् । बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।

दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ । बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ । ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ । कानमा कोठी हुनेको आयू छोटो हुन्छ । गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।

दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ । बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ । नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ । दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।

कम्मरमा कोठी हुने रोगी हुन्छन् । पेट’मा कोठी हुनेहरु खानाका पारखी हुन्छन् । दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् । दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

कोठी के हो ? थाहा पाउनुहोस्

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने को’ठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल निभ्स भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रो’गमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।

हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेला’नोसाइट : भबिलयअथत भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ । कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।

कोठीका प्रकार यस्ता

साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरू छालाको मध्यभागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरू छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई कोठी भनिन्छ । यदि सम्पूर्ण कणहरू छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ ।

कणहरू रहेको स्थानको कारणबाट कोठीहरू धेरै कालो, खैरो वा हल्का कालो, रातो देखिने हुन्छ । कुनै कोठी धेरै ठूला हुन्छन् भने कुनै स-साना टीकाजस्ता देखिन्छन् । त्यस्तै कुनै कुनै कोठी जन्मजात ठूलो र रौंहरू भएको हुन्छ । यसलाई वंशाणुगत कोठी भनिन्छ । यो शरीरको जुन भागमा पनि हुन सक्छ ।

कसै-कसैलाई तिलको दानाजस्ता थुप्रै कोठीहरू आउन सक्छन् । यसलाई तिलकोठी वा मखिया भन्ने गरिन्छ । यो उमेर बढ्दै गएपछि प्रस्ट देखिन थाल्छ र जाडो महिनामा अलि गाढा देखिन्छ । यो हात, मुख, जीउ सबै ठाउँमा हुन्छ ।

यस्तै प्रकारको अर्को गाढा साना कोठीहरू हुन्छन्, जुन घामले देखिने भाग जस्तै मुख, हातमा प्रस्ट देखिन्छ । यसलाई लेन्टिजेनस भनिन्छ । यसलाई घामको किरणले बढाउने गर्छ ।

यीबाहेक ब्लु निभ्स, स्पिट्ज निभ्स, निभ्स जस्ता अन्य अस्वाभाविक कोठीहरू पनि हुन्छन् । कोठी शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ । छालामा मात्र नभएर आँखा, मुख, यौ:नी, नङसहित भित्री अ·हरूमा पनि कोठी हुन सक्छ ।

कोठीजस्तै देखिने अन्य स’मस्या

सबै काला, खैरा, राता टाटा वा दागहरू कोठी हुँदैनन् । त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य स’मस्याहरू पनि एकसाथ हुन सक्छन् । मुख वा जीउमा गाढा खैरा, काला दानाहरू वा ठूला गिर्खाहरू हुन सक्छन् । यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नका’रात्मक असरको परिणामको रूपमा लिइन्छ ।

यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरू को स:मस्या पनि हुन सक्छ । कुनै(कुनै अवस्थामा बेसल सेल क्या:न्सर भन्ने स:मस्या पनि कोठीजस्तै भएर आउन सक्छ । यस्तै ज्यादै गाढा काला टाटाहरू पनि हुन सक्छन् ।

ढाडमा वा शरीर:का विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेत:का रूपमा पनि आउन सक्छ । जस्तै( क्याफे ओले स्पटहरू न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ । त्यस्तै एस लिफ स्पटहरू ट्युबर’स स्क्लेरोसिस भन्ने रोगमा आउँछ । यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरू हुन सक्छन् ।

खराब कोठीको पहिचान

धारणतया कोठीले कुनै पनि समस्या गर्दैन । धेरैजसो कोठी लामो समयसम्म एकै साइज र रंगको भएर रहन्छन् तर कोठी कहिलेकाहीँ क्यान्स’रमा परिणत हुन पनि सक्छ । रोक’थाम र चाँडो पहिचा’नको लागि फर्मुला अपनाउन सकिन्छ ।

कोठीको बनावट एकनासको नहुनु भन्नाले कोठीको बोर्डर भन्नाले कलर कहीँ गाढा, कहीँ हल्का वा कहीँ कलरविहीन हुनु हो । म् भन्नाले कोठीको चौडाइ धेरै ठूलो रहनु र भ् भन्नाले कोठी छोटो समयमा धेरै बढ्नु हो । यो सामान्य फर्मुला मनन गर्न सके पनि समयमै चिकित्सकलाई देखाएर कोठीको क्यान्स’रबाट बच्न सकिन्छ ।

कोठी र अन्य रोग’हरूमा फरक छुट्याउन त्यति गाह्रो नभए पनि कहिलेकाहीँ बायोप्सी गरेर छुट्याउनर्पर्छ । कोठीकै बारेमा पनि शंका लागेमा काटेर जाँच गर्नु राम्रो हुन्छ । वंशाणुगत रो’गहरूसँग देखिने कोठीका लागि आँखा, स्नायु प्राणालीको पनि जाँच गर्नुपर्छ । सबै कोठीको उ’पचार गरिहाल्नर्पर्छ भन्ने छैन ।

अनुहारमा देखिने साना तिलकोठीका लागि घामबाट बच्ने सनस्क्रिनको प्रयोग पर्याप्त हुन सक्छ । त्यसबाट पनि नहटे कालो हटाउने औ:षधि जस्तै९ हाइड्रोक्विनन् क्रिम प्रयोग गर्न सकिन्छ ।

धेरै भएमा लेजर उप:चार पनि गर्न सकिन्छ । घामले देखिने ठाउँको कोठीका लागि चिकित्स’कको परामर्श लिएर हटाउन सकिन्छ । यस्तै धेरै ठूला कोठीलाई प्लास्टिक र्सजरी गरेर ह’टाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्