Thursday, June 24

आज नेपालमा सुनचाँदी तोलाको कतिमा कारोबार भइरहेको छ ? हेर्नुहोस्

November 2, 2020 798

साताको दोस्रो दिन सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार ९५ हजार रुपैयाँमा कारोबार भएको छापा’वाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन ।

तेजावी सुनको भाउमा पनि आज कुनै परिव’र्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २ सय ५ रुपैयाँमा कारोबा’र भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहोस्