Thursday, June 24

गोरखामा हिजो कालोपत्रे गरेको सडक स्थानीयले आज बिहानै उप्काइदिए (भिडियो सहित)

November 2, 2020 801

गोरखाको बाह्रकिलो-छेपेटार सडकख:ण्डस्थित बाह्रकिलो नजिकै कालोपत्र गरिएको सडक स्थानीय बासिन्दाले उप्काइदिएका छन्। गुणस्तरहीन कालोपत्र गरेको विरोधमा सोम’बार बिहान स्थानीयले कालो:पत्र उप्काएका हुन्। यो सडक आइतबार कालो पत्र गरिएको थियो।

एघार किलो-छेपेटार-भालुस्वाँरा-बारपाक सडक आयोजाले एक करोड ७७ लाख रूपैयाँमा निर्माण व्य’वसायी उत्तम भट्टको गोरखा एप्रो’प्रियटलाई यो सडक कालोपत्रको जिम्मेवारी दिएको थियो।

‘सडकको धुलो फाल्दै नफाली कालोपत्रे गर्दा पक्ल पक्ल चपरीजस्तो निस्कियो,’ स्थानीय ईश्वर बस्नेतले सेतोपाटी’सँग भने, ‘मान्छे हिन्दा पनि उप्कनेजस्तो छ सडक। यस्तो सडकमा सवारी साधन कसरी गुड्छन्?’ सडक:को धुलो राम्रोसँग नह:टाइ काम गरेकोले कालोपत्र सेट हुन नपाएको उनले बताए।

स्थानीयले भत्काएको सडक – तस्बिर – किशोर जंग थापा

धुलो सफा गरेर मात्रै कालोपत्र गर्न पटक’पटक आग्रह गरे पनि निर्माण व्यवसा’यीले अटेरी गरेर गुणस्तरहीन काम गरेकोले विरो’धमा उत्रनु परेको उनीहरूको भनाइ छ।

सडक निर्माणको जिम्मेवारी पाएको गोरखा एप्रोप्रिय’टका ईञ्जिनियर अबिजित कोइरालाले कालोपत्र सेट हुन नपाउँदै स्थानीयले उप्काइदिएको बताए।

‘एक ठाउँमा राम्रोसँग रो’लिङ नहुँदा कालोपत्र नअडेको’जस्तो देखियो। त्यहाँ पुन: कालोपत्र गरिन्छ,’ उनले भने, ‘ओरालो ठाउँ भएकोले त्यहाँ रोलिङ राम्रोसँग नहुँदा कालोपत्र सेट नभएको हुन सक्छ।’

बाह्रकिलोबाट सिर्दीखो’लासम्म करिब डेढ किमी सडक आफूहरूले कालोपत्र गर्ने जिम्मेवारी पाएको उनले बताए। तिहारअ’गाडि नै कालोपत्र सक्ने गरी काम अगाडि बढाइएको उनले जान:कारी दिए।

‘यो कालोपत्र सेटिङ हुन २४ घण्टा लाग्छ। हिजो दिउँसो कालो’पत्र गरेको हो अहिले नै सेट भइसकेको छैन,’ उनले भने। यो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा प्रवक्ता नारायण’काजी श्रेष्ठको घर जाने सडक हो।

सडक आयो:जना कार्याल:यले भने भत्केका ठाउँमा निर्मा:ण व्यवसायीले पुन: कालोपत्रे गर्नुपर्ने बताएको छ। यो खबर सेतोपाटि डटकममा प्रसन्न पोखरेलले लेख्नु भएको छ ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्