Friday, June 9

‘यशुका अनुयायीलाई कोरोनाले छुनै सक्दैन’ भन्दै भ्रामक प्रवचन दिने पास्चर पक्राउ

March 24, 2020 4669

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई कास्की प्रहरीले पक्रा’उ गरेको छ । जुम्ला जिल्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउ’स बस्दै आ’एका केशवराज आचा’र्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी प्रशस्त कटनी मण्ड’लीका पास्चर हुन ।क्रिश्चियन धर्म फैलाउने कार्यमा लामो समय देखि संलग्न उनले कोरानाको त्रा’स फैलिएको बेलामा पनि भ्राम’क प्रवचन दिएर धर्म कै प्रचार गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अहिले उनी प्रहरी हिरासतमा छन् र उनलाई विपदको बेलामा अफवाह फैलाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको छ । उनलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ ।

केही दिन अघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै प्रवचन दिए’का थिए । लामै प्रवचन दिएका आचार्यले भनेका छन–‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासी’लाई यसले छुन मिल्दैन ।’

स्मरण रहोस, यति बेला क्रि’श्चियन राष्ट्रहरु युरोप, अमेरिका लगा’यतका देशमा कोरो’ना तिव्र गतिमा फैलिरहेको छ र क्रिश्चियनह धार्मि’क अनुयायीहरु कै ठुलो संख्यामा ज्या’न गैरहेको छ । यस्ता भ्रामक प्रव’चनको विश्वास नगर्न र भिडभाड’मा नजान एसपी कार्कीले आ’ग्रह गरेका छन् । सीधाकुरा

प्रतिकृया दिनुहोस्