Friday, June 9

सलमान खानको भाईको दुख:द निधन, सलमानले दुखी हुँदै यस्तो लेखे

April 1, 2020 17934

बलिउड सुपरस्टार सलमान खानको फुपुको छोरा अब्दुल्ला मिर्जा खानको नि’धन भएको छ । सलमानले सोसल मिडिया पोष्टमार्फत् यसबारे जानकारी दिएका हुन् ।

सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्याम’श्वेत तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं ।’ अब्दुल्ला सलमा’नको बिइङ्ग स्ट्रङ्ग अभिया’नका लागि हिस्सा थिए ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अब्दुल्लाको पछिल्लो केही समयदेखि स्वास्थ्य खराब थियो । उनको कलेजोमा स’मस्या थियो ।

उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । सलमान पनि उनको अवस्था हेर्न अस्पताल पुगेका थिए । सलमानबाहेक नायिका डेजी शाह र जरिन खानले अब्दुल्लाको नि’धनमा दुःख व्यक्त गरेका छन् र सोसल मिडियामा यसबारे पोष्ट गरेका छन् ।

डेजीले अब्दुल्लाको तस्बिर सेयर गर्दै लेखिन्, ‘मेरो सबैभन्दा मिल्ने साथी, तिमीलाई सधैं प्रेम गर्नेछु ।’

यस्तै जरिन खानले पनि उर्दूमा पनि एक पोस्ट गरेकी छिन् । यस्तै, नायक राहुल देवले पनि ट्वीटरमा सलमानको पोस्टमा कमेन्ट गर्दै अब्दुल्लाको निधनमा दुःख जनाए ।

प्रतिकृया दिनुहोस्