को’रोनाका कारण अति विपन्न परिवार समस्या’मा छन् । अझ शहरी क्षेत्रका गरीब तथा मजदूरह’रुको अवस्था द’र्दनाक बन्न थालेको । सरकारले यस्ता परिवारलाई लक्षित गरी राहा’तको घोषणा त गरेको छ,तर ग्राउण्ड रियालिटी भने द’र्दनाक बन्न थालेको छ ।
केन्द्र सरकारबाट राहात घोषणा, स्थानीय सरका’रलाई निर्देशन, निर्देशन अनुसार स्थानीयबाट लगत संकलन कार्य सक्ने र त्यसपछि सं’कलित लागत अनुसार गरीबको पहि चान, राहात जुटाउने कार्य र त्यसपछि मात्र ती गरीबले राहात पाउने अवस्था’का कारण काठमाण्डौमै पनि गरीबहरु भोक’भोकै पर्न थालेका छन् ।
कतिसम्म भने काठमाण्डौका मुख्य ठाउँका घनावस्तीहरुमा त्यस्ता गरीब परिवार धनीका घरमा बालबच्चाको भोक र प्यास मेट्याउन रुँदै खाना मागिरहेका का’रुणिक दृश्यहरु देखिन थालेका छन् ।यसले ज्यालादारी मजदूरहरुको अवस्था कुन हदसम्म बिग्रिएको छ र उनीहरुलाई भोकले कुन हदसम्म सताउन थालेको छ भन्ने प्रष्ट्याउँछ।
भिडियो’मा देखिएको दृश्य मंगलबार साँझ ६ः३० बजेतिरको काठमाण्डौको कागेश्वरी मनहरा नगर पालिकाको काँडाघारी क्षेत्रमा देखिएको हो । जहाँ एक अधवैंशे महिला दुई बच्चा’सँगै आफ्ना बच्चा भोकै परेका भन्ने बिलौना गर्दै, रुँ’दै सहयोग मागिरहेकी छिन् ।
उनले एक वर्ष’जस्तो देखिने ब’च्चा पिठ्यूमा राखेर र अर्का ८ वर्षजस्तो देखिने बच्चालाई झोला बोकाएर घर घरमा ‘मेरा बच्चाहरु भोकै परे, केही खाना सहयोग गरिदिनुहोस् न’ भन्दै राहात मागेकी थिइन्।
घर घरमा आफ्ना बालबच्चा’को भोक मेट्याउन अनुनय गरि रहेकी ती महिलालाई प्रत्येक घर, प्रत्येक घरमा डेरा बस्ने प्रत्येक’ले सह’योग गरेका थिए । हेर्नुहोस् भिडियो
प्रतिकृया दिनुहोस्