April 2, 2020 1526
नेपाल बोटल वाटर उद्योग संघले सरकारले जारी गरेको लकडाउन अवधिभर हरेक बोतल पानी १० रुपैयाँमा बेच्ने निर्णय गरेको छ।
सो संघले हिजो (बुधबार) जारी गरेको विज्ञप्तिमा लकडाउनको अवस्थालाई मध्यनजर गर्दै सो अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको उल्लेख छ ।
अहिले एक लिटर बोटल मिनिरल पानीको खुद्रा मूल्य २० रुपैयाँ रहेकोमा लकडाउन अवधिभर उपभोक्तालाई खुद्रा मूल्य १० रुपैयाँ तिरेर उपभोग गर्न सक्ने संघका महासचिव ध्रुव गौतमले जानकारी दिए । उक्त मूल्यमा उपभोक्ताले पानी किन्दा ६० पिस किन्नुपर्ने सर्त भने संघले राखेको छ ।
प्रतिकृया दिनुहोस्