सुरक्षा-गार्डको रुपमा बिगत १८ महिना देखि मलेसियाको सेला’ङ्गर राज्यमा पर्ने साह’आलम सेक्सन नम्बर. २६ मा सेक्युरेट स्वएन्ज नामक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका जिवन तामाङको सुतेकै अवस्थामा मृ’त्यु भएको छ।
नेपालको ठेगाना नुवाकोट ककनि गाउँ’पालिका त्रिशुली निवासी नेपाली काम’दार जिवन तामाङको मंगलबार राति मृ’त्यु भएको संगै काम’गर्ने अर्का प्रतक्षदर्शी नेपालीले बताउनुभयो।

बिहानको ड्युटी सकिएपछि आफ्नो स्वास्थ्य अवस्था अलि ठिक नभएको बताउदै तामाङ’ले आफू साझ क्लिनिक गएर फर्किएका थिए। क्लिनिकमा पुगेर फर्किएपछि संगै बस्ने साथीहरूले उपचारबारे सोधपुछ गर्दा तामाङले आफु-लाई त्यस्तो केहि नभएको बताएका थिए ।
बेलुकी साथीहरू संगै खाना खाएर ओछ्यानमा सहजै सुतेका उनि मोबाइलमा भिडियो हेरिरहेका थिए, त्यतिबेलानै अचानक उनको हातबाट मोबाईल तल झर्यो साधारण छट्पटीए’को जस्तो गर्नुभएको थियो, तर लगत्तै एकैछिनमा प्राण त्याग्नुभयो प्रत्येक्षदर्शी नेपालीले बताउनुभयो।

रोजगारदाता कम्पनी श्रोतका अनुसार मृत’क तामाङको स’व पोस्ट’मार्टमको लागि अस्प’ताल लगिसकेको र रिपोर्ट आउन बाँँकी रहेको बताउनुभयो , साथै पोस्ट’मार्टम सकिए लगत्तै मृ’तकका परिवारको सल्लाह अनुसार आवश्यक काननी प्रक्रिया पुर्याएर मृ’त सव स्वदेश फिर्ता गराउने बताउनुभएको छ। यो खबर आर एन चौधरी र तीलोचन गौतमले मलाया खबरमा लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्