सरकारले ‘लकडाउन’ खुकुलो बनाएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोज’नाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै उद्योग भित्र नै कामदा’रलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरि सञ्चालन गर्न दिने निर्णय गरेसँगै सरका’रले लक’डाउन खुकुलो बनाएका हो ।
अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधि’मन्त्री डाक्टर युवराज खतिवडाले उद्योगभित्र कामदा’रलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशास’नले त्यस किसि’मको व्यवस्था मिलाउने निर्णय बैठ’कले गरेको जानका’री दिनुभयो ।
उहाँले अब तामाकोशी, मेलम्ची’लगायत ठूला आ’योजनामा काम गर्ने कामदारलाई उद्योगभित्रनै सुरक्षा’को व्यवस्था मिलाइ ‘काम गर्न सकिने बताउनुभयो । हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अव’रोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले अत्या’वश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने भएको छ ।
बैठकले नेपाल भारत सीमामा रहेको क्वरेन्टीनमा बसेका’लाई अप्ठ्यारो पर्न नदिनेगरी दुवैतर्फबाट आपसमा सहयोग गरी सबैलाई १४ दिन अनिवार्य क्वरेन्टीनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिला’उने निर्णय गरेको छ । – उज्यालो अनलाइन बाट साभार
प्रतिकृया दिनुहोस्