कार्तिक महिनाकाे अन्त्य-तिर गर्मी-लाई विदाइ अनि जाडाेलाई निमन्त्रणा गरी स्वागत गरिरहेकाे शुभ प्रभातकाे समय सूर्यकाे किरणले शरीरमाथि भिटमिन डि उत्पादन गरिरहेकाे थियाे । आँखा माेवाइलकाे फ्रेमतिर दाैडिरहेका थिए । दाैडिरहेका अाँखा एउटा दृश्यमा टक्क अडियाे । त्यसमा विनाेद खड्का भाइकाे मर्म-स्पर्शी भनाइले वा दृश्यले मेरो अन्तरमनलाई छाेएर आँखा त अनायासै रसाउन थालेछन् ।
लगाएकाे चश्मालाई झिकेर भुइँमा राख्दै दुई हत्केलाका छेउले गालामा झरेका आँशुलाई पुछ्दै उनकाे बारेमा भिडियाे-बाट जानाकारी पाए जति मनमा उठेका तरङ्गहरूलाई कापीमा छताछुल्ल हुनेगरी पाेख्न मन लाग्याे ।अनि यसरी सुरू गरेँ लेखनलाई—”
अभागी भित्रकाे भाग्यमानी श्रीमान्”:
हाम्राे हिन्दु संस्कारनुसार श्रीमान-लाई देवताकाे रूपमा मानेर मान सम्मान गर्ने मनमा जति नै पीडाका भारी बाेके पनि बाहिर दिव्य मुस्कान छर्नुपर्ने ,श्रीमान् जस्ताेसुकै हाेस् राम्राे ,नराम्राे असल, खराब,श्रीमती-लाई माया गराेस् नगराेस्, व्यवहारिक हाेस् वा अव्यवहारिक, बच्चा उत्पादन गर्ने मेसिन बनेर सेवककाे दर्जामा रहेर आफू काेलमा निबुवा पेलिए जस्तै पेलिएर श्रीमानकाे अगाडि मन्द मुस्कान छाेड्नुपर्ने हुन्छ।
अनि यस्तै आफ्ना ईच्छा,आकाक्ष,चाहना, खुशीहरू लाई दबाएर भ्याइ नभ्याइ कम्पुटर जस्तै बनी श्रीमान् बाहिर जान लाग्दा हातमा झाेला र शरीरमा काेटकाे व्यवस्था गरी बालबच्चाहरू-लाई ख्याल राख्दै घरकाे सारा काम निधारमा टीका लगाए जस्तै गर्नुपर्ने र श्रीमान् बेलुका जस्ताे सुकै रूपमा घर आउँदा अपच्य भएका व्यवहार-हरूलाई आफ्नो मनलाई थम-थमाउदै कलेटीे परेका ओठमा मुस्कान छर्नुपर्ने ,नारीमाथि गरिएका दमन सहजै स्वीकार गरे मात्र त्याे श्रीमती’काे श्रीमान् भाग्मानी हुन्छन् ।
जुन श्रीमती परपुरूष, दाजुभाइ, अाफन्तसंग बाेल्छे, खीत्का छाेडेर हाँस्छे, छिटाे-छिटो हिड्छे, अग्रसर भएर केहि काम गर्न खाेज्छे, समाजसेवाकाे भावना बाेकेर हिड्छे, घरकाे आर्थिक मा-मलामा चासाे देखाएर बुझ्न खाेज्छे, त्यस नारीेले पाेथी बासेकाे उपाधि समेत पाउँछे ।त्यस्ति श्रीमतीकाे श्रीमान् अभागी हुन्छन् ।
यहाँ त्यसै अभागी भित्रका भाग्य-मानी श्रीमानकाे श्रीमती अनिताकाे जीवन म’र्नु र बाँच्नुकाे दाेसाधमा रहेकी, डाक्टरले पनि एक प्रकारले आस मारीसकेकाे अवस्थालाई दस-दान वैतर्नी गरेका परिवारले पनि छिया-छिया परेकाे मनलाई संहाल्न बाध्य बनाइरहेकाे अवस्थामा विनाेद खड्काले आफ्नी श्रीमती अनिताकाे जीवन-भर एक अर्कालाई साथ दिएर असल जीवन साथीकाे रूपमा आफ्नाे जाेडीलाई समाजमा उभ्याउने हर प्रयास गरीरहेका छन् ।
कहाँ बिर्सन सक्थे र उनले अग्नी साक्षी राखेर सँगै-बाँच्ने सँगै मर्ने खाएकाे कसम अनि रंगाइदिएकाे सिँउदाे । गुल्मिधारकाेट पिपलधारा घर भएका बाबा कृष्ण खड्का,आमा लक्ष्मी खड्काका संस्कारी काे`खबाट यस धर्तीमा पाइला टेकेका विनाेद खड्काका एक भाइ बुहारी,तीन दिदीबहिनी र एक छाेरी रहेका छन् । उनकाे २०७१साल बैशाष २४ गते मागी विबाह भएकाे थियाे।उनकाे पेशा सीपमुलक सम्बन्धी रहेकाे छ ।
छाेरीकाे आगमनले हर्षित विनाेद र अनिताकाे भविष्यमा काठमाडौंमा घर बनाइ बाबा,अामाकाे साथमा बसी सुखी जीवन जीउने कल्पना समेत गरेका थिए ।
श्रीमती अनिताकाे २०७६ जेठमा एक्कासि टाउको दुखी भैरहवा मेडि-कल कलेजमा लैजदा ब्रेनहेम्रेज भइ अप्रे-सन गर्नुपरेकाे, सत्ताइस दिनपछि मात्र आँखा खुलेकाे अवस्था रहेकाे त्यसपछि त्यहाँ चार महिना बसी उप-चारकै क्रममा भैरहवा मेडि-कल कलेजले काठमाडौंकाे मनमाेहन अस्प-तालमा रिफर गर्याे । त्यसकाे उप-चारपछि अहिले फिजीयाे-थेराफीकाे लागि काठमाडौंकाे नेचुरलपेथीक अस्प-तालमा उप-चारकै क्रममा छ ।
विनाेदले जति दुःखकाे भुमरीमा चुर्लुम्म डुबेपनि हार नखाई दुःखसंग संघर्ष गरीरहेका छन् । उनले अनिताकाे लागि सारा श्री-सम्पत्ति मात्र हैन , माछालाई छाेप्न जाल फिजाए जस्तै यहाँ विनाेदले आफ्नो ज्या’नकाे जाल फिजाएका छन्।
कति मानिसलाई एकहप्ता अस्प-ताल बस्न र खर्चगर्न गाह्रो मानेकाे अवस्थामा यिनले अनिताकाे दुई-वटा जन्मदिन अस्प-तालमनै केक काटेर मनाएकाे र अनिता-लाई सन्चाे नभए-सम्म यहि अस्प-तालमानै रहने साेंच बनाएका छन् । जन्म-दिनकाे दिनमा अस्प-तालमा अनिता लाई खुशी दिइरहदा केक अनिता’लाई खुवाएर बाँकी रहेकाे केक अनिताकाे हातलाई समातेर आँफूले खाइरहदा जाे कसैका पनि आँखा रसाउन सक्छन्।
विनाेदले जन्म-दिनकाे शुभ-कामनाका साथै अपार माया-ममता दिएर मृत्युकाे मुखबाट छिटोभन्दा छिटो सन्चाे बनाएर घर लैजाने कुरा व्यक्त गरेका छन् । अनिता मेराे सुख पर्दाकाे मात्र हैन दुःख पर्दाकाे साथी पनि हुन्। म विरामी हुँदा उनले हेरविचार गर्थिन हाेलिन् । आज उनी विरामी हुँदा मेराे उनलाई खाँचो छ ।
जतिसक्दाे छिटो सन्चाे बनाएर घर लैजाने मेराे साेंच हाे । मेराे मस्तिष्कमा यहि कुरा बसी-सकेकाे छ । उनले व्यक्त गरेका छन् । साथै विनाेदकी दिदी राधाकाे आफ्नाे बुहारी-प्रतिकाे रेखदेख माया ममताले गर्दा समाजमा अब आफ्ना बुहारीप्रति हेर्ने दृश्टिकेणमा पक्कै पनि सुधार आउने छ । उनी यतिबेला प्रसंसाकी पात्र बनेकी छन् ।
आमा विनाकाे सन्तान विनाेदले कल्पानासम्म पनि गर्न सकेका छैनन् । जसरी भएपनि उनले आफ्नो छाेरीलाई टुहुराे हुनबाट राेक्न हर-प्रयास गरीरहेका छन् र भगवानसंग प्रार्थना गरीरहेका छन् । आफ्नी श्रीमती प्रतिकाे व्यवहारले गर्दा उनलाई देश विदेशबाट साथी-भाइ आफन्तहरूले आर्थिक संकलन, हाैसला मायाममता, साथ सपाेर्ट साथै उनले आफ्नो त्यागकाे प्रतिफल पाएका छन् ।
डाक्टरकाे औ’षधिले ५०% राेग निकाे पार्छ भने आफ्नो जीवन-साथीकाे मायाले पनि ५०% राेग निकाे हुन्छ । विनाेद चहराइरहेकाे मनकाे घा’उमा लगाउने मलम बनिरहेका छन् । शरीरकाे राेग त डाक्टरहरूले सन्चाे बनाउँछन् तर मनकाे राेग आफ्नै माया गर्ने मान्छेले निकाे बनाउँछन् । सब अनिताकाे मनकाे घा’उ विनाेदले मलम लगाइरहेका छन् ।
”खुशी ठूलो महलले दिने हाेइन मात्र मनकाे भावना बुझ्नाले ” , विनाेदले अनिताकाे भावना लाई कदर गरेर अनिताकाे अनुहारकाे काेष काेषमा खुशी ल्याइदिने प्रयास गरेका छन् । तन, मन, धन दिएर ।आत्म वा भावनाले सम्मान पाएमा शरीरका प्रत्येक हर्मनले राेगसंग लड्न सक्ने क्षमता प्रदान गर्छ वा प्रतिराे’धात्मक क्षमता बढ्छ र राेग छिटो सन्चाेहुन्छ।
नारी जातिहरू जतिसुकै पढे-लेखेकाे भए तापनि काेमल मनका हुन्छन् र आफ्ना भावनामा बग्ने गरेका हुन्छन् । उनीहरू आफ्ना श्रीमानबाट माया-ममता साथ सहयाेग, मनका सुख, दुःखका कुराहरू सुनिदियाेस्, श्रीमान मात्र नभएर जीवनसाथीकाे रूपमा खाेजेका हुन्छन् । आत्मसम्मानकाे कदर गराेस भन्ने अपेक्षा राखेका हुन्छन् ।
विनाेदले सायद यी सब कुरा हरूकाे भावना बुझेर आफ्नी अर्धा-ङ्गिनीलाई जीवनसाथीकाे रूपमा लिएकाे पाइन्छ । अनिताकाे ओठमा मुस्कान ल्याउनकाे लागि आफ्नाे दुःखलाई एउटा कुनामा थन्काएर वा आँफूलाई पर्वाह नगरी यीनै श्रीमतीबाट जीवन अगाडि बढाउने हिम्मत गरेका छन् ।
सबै पुरूषहरूलाई त भन्न मिल्दैन त्यस्ता पुरूषहरू पनि छन् । आफ्नी श्रीमतीलाई हेला-अपहेला गरेर बाहिर महिलामाथि नजर लगाएर घर परिवार,छाेरा छाेरी र आफ्नाे इज्जतकाे ख्याल नगरी अन्धाे प्रेममा फसेर बाहिरै रमाउने, आफ्नो घरलाई मसान-घाट जस्ताे बनाएर समाजमा छाती फूलाएर हिडेकाे पाइएकाे अवस्थामा विनाेदले आफ्नी श्रीमतीकाे ओठमा हाँसो ल्याउनकाे लागि छाेरा छाेरीलाई जस्तै काखमा राखेर खेलाउने, खुवाउने, हसाउने, गीत गाउने, मनाेरञ्जन दिलाउने, सफा-सुग्घर राखेर याे भाले बास्ने समाज-लाई चुनाैती दिएका छन् ।
विनाेदले दिनकाे भाेक न रातकाे निद्रा सहेर पनि अनिता-लाई बचाउने काेशिस गरीरहेका छन् । मनले चाहेकाे कुरालाई गर्न पाइयाे भने शरीरमा जति नै दुःख कष्ट भए तापनि मनलाई खुशी राख्न सकिन्छ । विनाेदले आफूलाई खुकु’रीकाे धारमा राखेर अनि’तालाई ब’चाएर असिमित खुशी लिने प्रयास गरीरहेका छन्।
श्रीमती प्रतिकाे अतुलनीय व्यवहारले विनाे’दले आज भाग्य-मानीकाे उपाधि मात्र पाएका छैनन्,एउटा समाजकाे राम्राे उदाहरण भित्रकाे उदाहरणीय, अनुकरणीय काम गरी अति राम्राे काम गर्ने व्यक्तिका औंलामा गन्ने बनेका छन् ।
आफ्ना जीवनमा धेरै दुःख-कष्ट सहेर श्रीमती-लाई बचाउनकाे लागि हर प्रयास विश्वासका साथ हरेक अगाडि आएका चुनाैती र समस्या हरूसँग सामाना गरेर समाजमा एउटा अतुलनीय, अनुकरणीय भाग्मानी श्रीमानकाे रूपमा प्रस्तुत भएका छन्।
उनकाे याे काम धेरैका लागि अनुक-रणीय र सन्देश मूलक रहने छ। साथै अनिता बहिनी तपाईं राेगले पीडि’त भए पनि विनाेद जस्ताे श्रीमान् विनाेदकाे जस्तो दिदी बहिनी ,भाइ-बुहारी बाबा अामा पाएर तपाईं पनि एक भाग्यमानी ठानीनुहुन्छ । यस्तो परिवार तपाईंका लागि वरदान हुन।
तपाई पुर्ण रूपमा सन्चाे भएर यस्ता परिवारसँग र आफ्नी छाेरीसँग वर्षाै वर्षसम्म दीनहरू विताउनु पर्छ भन्दै तपाईंकाे शिघ्र स्वास्थ्यलाभकाे कामना राख्दै भगवानसँग प्रार्थना गर्दछाैँ। साथै राेग त जाे कसैलाई पनि लाग्न सक्छ अनिताकाे बाबा-आमाले गर्व गर्नुपर्छ विनाेद जस्ताे ज्वाइ पाएकाेमा ।
अन्त्यमा विनाेद खड्का भाइका त्याग-तपस्या ,याेगदान ,भूमिकाले तमाम दिदी बहिनीहरूले अब अाउदाका महान चाड हरितालीका तीजकाे व्रत गरी महादेव जस्ताे श्रीमान् पाउँ भनेर भाेक-भाेकै बसेर शरीरमा राेग निम्त्याउन नपराेस् । यही हाम्राे कामना छ । यो लेख चितवनकी सिता सापकोटा अधिकारीले लेख्नु भएको हो ।
प्रतिकृया दिनुहोस्