उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोट डिल्ली-कोटका नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । उनको उमेर हेर्दा आफैँ विश्व-विद्यालय पढ्ने अवस्थामा छिन् । शारीरिकरुपमा ठीक भए पनि बाहिरी दृष्टिले उनलाई ठगेको छ ।
आफैँलाई अरुको सहारा दिनु’पर्ने अवस्था छ । तर उनले आफूले ओट निचर्दा दूध आउने उमेरका एक दर्जन बालबालिकालाई साहारा दिएकी छिन्। बूढानीलकण्ठ नगर’पालिका– १३ बालुवा-खानीको एक घरको छिडीमा चार वटा कोठा भाडमा लिएर काली-कोटकी सिंहले गरेको काम भने सामान्य मानि’सले गर्ने’भन्दा ठूलो छ ।
मनमा सा’हस छ । आँट छ । जीवन’मा केही गरौँ भन्ने सदीक्षा पनि छ । “मैले आँखा नदेखेर के हो भो त रु मलाई प्रकृ’तिले यस्तै बनायो, म यसैमा खुशी छु”, नन्दाले भनिन्।
“अभिभावक नभएका यी कलिला बाल’बालिकालाई शिक्षा दिक्षा दिनसके भने त्यसले मलाई खु’शी दिनेछ, किनकि मैले बाहिरी आँ’खा नदेखे पनि यी बाबु नानी भवि’श्यमा ठूला मान्छे भए भने मेरा लागि त्यो नै सबैभन्दा खुशीको विषय हुनेछ”, उनले भनिन्।तीन वर्षको उमेर हुँदासम्म उनले आँखा देख्थिन् ।
झाडापखलाले नराम्ररी सतायो । मरी भनेर घरका’ले सेतो कपडामा बेरेर नजिकैको जङ्ग’लमा लगेर गाड्न ठिक्क पारेका थिए । राति म चलमलाएपछि यो त ज्यूँ’दै रहिछ भनेर आफू बाँचेको उनले बताइन् । बाँचे पनि मेरो जीवनमा अन्धकार थपियो । झाडा:पखला लाग्नुअघि आँखा देख्ने आफू त्यस:पछि भने नदेख्ने भए । मेरो बाल्यकाल अन्धकारको रसातलमा भासियो ।
“बाल्यकाल अरु साथी खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो ।अरु साथीसँग मलाई खेल्नसमेत दिइँदैनथ्यो, किनकी मैले जस्तै अरुको पनि आँखा नदेख्ने हुन्छन् भनेर रोकिन्थ्यो, मलाई गाली गरिन्थ्यो । मन भित्रभित्रै रुन्थ्यो”, नन्दाले अगाडि भन्दै जानुभयो, “बालककालमा आँखा नदेख्ने अन्धी भनेर हेप्थे ।
तर मेरो मनमा एउटा आँट पलायो । जीवनमा केही न केही गर्छु भनेर मनलाई दह्रो बनाइन् ।”कर्णाली प्रदेशको काली’कोट । अहिले पनि दुर्गम छ । यातायातको सहज-सुविधा छैन । कुनै सुविधा पाउने कुरा परको जस्तै भयो । शिक्षा, स्वास्थ्य तथा अन्य भौतिक सुवि’धाबाट पर पारिएको कालीकोटकी चेलीको आँट साच्चै अदम्य छ ।
आमा रुखबाट लडेर निधन भएका, छाउ-गोठमा बस्दा सर्पले डसेर मरेका आमाका बच्चा स्याहार्ने र उनी-हरुलाई शिक्षित बनाउने जिम्मा लिनुभएकी नन्दाले आफ्नो दुःख मात्रै फुकाउनु भएन । कलिला बाल-बालिकाको जीवनमा खुशी ल्याउने जिम्मा-समेत लिएकी छिन्।
उनलाई बाल्य-कालकै साथी गीता बस्नेत:ले साथ दिएकी छिन्। बस्नेत भने आँखा देिख्छन् । उमेरले उनी पनि मात्रै २३ वर्षको । यी सखीले बालबालिकाको हेर-चाहका लागि ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था खो:लेकी छिन् !!! (स्रोत: संञ्चारकर्मी-डटकम)
प्रतिकृया दिनुहोस्