Sunday, June 4

रमेश प्रसाईसँग बिहे गर्ने लागेकी नन्दा, जसले २ वर्षको छँदा आँखाको ज्योति गुमाइन् (भिडियो सहित)

December 1, 2020 3616

पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारण’ले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवा’हमा परि’णत गर्न लागेका हुन् ।

रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताएकी छन् । यहि २२ गते धरानमा नेपाली परम्परा अनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनी’तिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहाल’बीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो ।

एक लोकदोहोरी कार्य-क्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जो’डिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणी’मा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बाल-आश्रम चलाइ’रहेकी छन् ।

त्यस्तै रमेश प्रसाई का मित्र जीवन विष्टले पनि एउटै मण्डप बाट विवाह गर्ने निर्णय गरेका छन् । रमेशको बिहे काठमाण्डु मा १७ गते गर्ने योजना भए पनि धरानमा एउटै मण्डपमा एकै दिन गर्ने निधो भएको जीवन विष्टले आफ्नो फेसबुक मार्फत जनाएका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्:

“मङ्सिर १७ रमेश प्रसाईं काठमाण्डौ र २२ गते जीवन बिस्ट धरानबाट विवाह गर्ने सम्झौता भएता पनि १४ वर्ष लामो हाम्रो मित्रताको उपज एउटै कार्ड छापी एउटै मन्डपबाट यसै महिनाको २२ गते सोमबार विवाह गर्ने सहमती भएको जानकारी समस्त सुवेक्षुकहरुमा जानकारी गराउदछौ।
रमेश प्रसाईं जीवन बिष्ट

नोट: यसअघि केही मिडिया तथा युटुब च्यानलमा रमेश प्रसाइको सम्पूर्ण विवाह खर्च कुनै व्यक्ती वा संस्थाले व्यहोरिदिने भन्ने जस्ता भ्रमपूर्ण समाचारले रमेश प्रसाइको स्वाभिमानमा धक्का पुगेको र त्यस्ता समाचारप्रती उनले खेद प्रकट गरेको समेत जानकारी गराउँदछौ।”

नन्दाको संघर्षको कथा हेर्नुहोस् यो भिडियोमा… यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्