प्रखर वक्ताका रूपमा धेरै प्रशंसक कमाउन सफल रमेश प्रसाई बेला-बेला चर्चामा आइरहन्छन्। पछिल्लो समय उनले गाएको ‘रिंकेबुङको राँगो’ गीतको कभर भर्सन निकै रूचाइएको छ।
गायकका रुपमा समेत सफलता पाइरहेका बेला रमेश चर्चामा आउने नयाँ खबर थपिएको छ। यतिबेला उनको बिहेको खबर सामाजिक सञ्जालमा छाएको छ
यो खबरलाई रमेशका १४ वर्ष पुराना साथी जीवन विष्टले फेसबुकमार्फत् मंगलबार पुष्टि गरेका छन्। उनले बिहेको कार्डसमेत सार्वजनिक गर्दै रमेशको बिहे यही मंसिर २२ गते सोमबार हुन लागेको जानकारी गराएका हुन्। रोचक कुरा, रमेशसँगै जीवनले पनि एकै मण्डपमा सोही दिन बिहे गर्दैछन्।
उनले लेखेका छन्, ‘मंसिर १७ गते रमेश प्रसाईंको र मंसिर २२ गते जीवन विष्टको बिहे हुने भनिएको थियो। तर हाम्रो १४ वर्ष लामो हाम्रो मित्रताको उपज हामीले एउटै कार्ड छापी, एउटै मन्डपबाट मंसिर २२ गते विवाह गर्ने सहमति भएको जानकारी गराउँछौं।’
ताप्लेजुङ निवासी रमेश कालीकोटकी नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिन लागेका हुन्। उनीहरू दुवै दृष्टिविहिन हुन्। समाजसेवामा सक्रिय नन्दा भने काठमाडौंमा बालआश्रम चलाउँछिन्। ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था चलाउने उनी अनाथ र असहाय बालबालिकाको हेरचाह र शिक्षाका लागि पहल गर्ने काम गर्छिन्।
रमेश र नन्दा केही समयदेखि प्रेममा परेर बिहे गर्न लागेका हुन्। रमेशका साथी जीवनले भने जुनु तामाङसँग विवाह हुन लागेको हो। उनीहरू पनि लामो समयको प्रेमपछि बिहे गर्दैछन्।
सशक्त र स्पष्ट बोल्ने क्षमताका कारण चर्चित रमेश दोहोरी गायनमा पनि उत्तिकै पोख्त छन्। उनले ‘पब्लिक स्पिकर’ का रुपमा पुरस्कारहरु समेत जितेका छन्।
सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् ।
उनका सहयागी साथी जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् ।
सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न लागेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ । स्पष्ट वक्ता रमेश प्रसाई अह्गिले बिबाहको तयारी गरिरहेका छन् ।
रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको जिबनी । भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्