मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्या’पारिक वा दैनिक कामहरू सन्तोष’जनक ढंगले सम्पन्न हुनेछन । आम्दा’नीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषि’व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ ।
परोपकारी काम र समाज’सेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्या’हरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमा’लिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ता’को विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – व्यापा’रबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अव’सर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नाता’गोताको काम’धन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सह’योगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसा’यिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सह’योग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्ने’हरू चुप लाग्नेछन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्म’कता देखिन सक्छ । तर दिनभरि असन्तु’ष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्या’पारका लागि समय दिन स’किंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – राजनै’तिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमा’रोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरप’रिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्र’बाट लाभ लिन सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)– व्यवसा:यिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व ज’माउन सकिने छ । सामा’जिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवा’न्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – परिवार’भित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोप’कारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ । का’मको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवे:शको वातावरण बन्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – उपलब्धी’मूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाक’लापमा ध्या’नकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवा’रमा रमाइलो जमघट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घराय’सी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्री’को किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फा’इदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के न’गर्ने भन्ने बेचैनी हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परे’को छ । वादविवाद, मुद्दामामिला र दैनिक काम’मा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगध’न्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वा’तावरण प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वती’को बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचा’रले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन । सहयोगीह’रूले साथ दिनेछन । अपराह्नपछि निराशा र वैरा’ग्यका भाव मँडारिन थाल्नेछन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – घरपरिवारमा आनन्दको वाता’वरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन । प्रणयस’म्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सु’झाव प्राप्त हुनेछ । घरपरिवा’रमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन ।
प्रतिकृया दिनुहोस्