सामाजिक सञ्जाल तथा मिडियामा भाइरल सञ्चारकर्मी तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएर चर्चामा आएका प्रसाईले कालिकोटकी नन्दा सिंहसंग विवाह गर्न लागेका हुन् ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका नन्दा र प्रसाइबीच मंसिर २२ गते विवाह हुन लागेको हो । तीन बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।
प्रसाईले गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीत बजारमा निकै नै चर्चामा छ । समाज सेवामा आबद्ध सिंह र गायक प्रसाईबीच धरानमा सामान्य तरिकाले विवाह हुन लागेको छ ।
गायक प्रसाई र कल्पना दाहालले ईन्द्रेणीमा गाएको दोहोरीसँगै उनीहरुबीच प्रेम भएको चर्चा पनि चलेको थियो । दर्शक हरुले पनि रमेश र नन्दा को जोडीलाई रियल जोडी भनेर समेत परिभाषित गरेका थिए ।
रमेश प्रसाईको नन्दा सँग विवाह हुन लागे पछि त्यस सम्बन्धी कल्पनाको कस्तो प्रतिक्रिया आउला ? त्यो सबैको चासोको विषय बनेको छ। त्यही आम दर्शक को चासोलाई मध्यनजर गर्दै भाग्य न्यौपानेले कल्पना दाहाल सँग अन्तरवार्ता लिएका छन् ।
हेरौं उक्त अन्तर्वारता…. यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्