Thursday, June 1

केटाकेटाले नै गरे विवाह, सौरभकी आमाले सुरजलाई बुहारीको रूपमा भित्राईन (भिडियो सहित)

December 4, 2020 7172

सौरभ तामाङ र सुरज क्षेत्रीले समलिंगी विवाह गरेका छन् । परिचय समाजको कार्यालय ललितपुर कुपण्डो’लमा रहेको कार्यालय पुरोहितबाट सौरभ र सुरज’ले विवाह गरेका हुन् ।

सौर’भकी आमा विनिता तामाङले सुरज’लाई बुहारी’को रुपमा स्वीकार गरेकी छन् । दुईबर्ष अगाडि फेसबुक मार्फत पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्ष’मा पुगेको सौरभ र सुरज’ले बताए ।

पुरुष-पुरुष (केटाकेटा) बीच वैवाहिक कार्यक्रम नै गरेर विनि’ताले छोराको सन्तु’ष्टीमा आफु खुशी रहेको बताइन । विवा’हित जोडीले आफु जस्ता समलिंगी पुरुष’लाई लुकेर नबस्न आग्रह गरे ।सम’लिंगी विवाहको कानून बनेपछि विवाह दर्ता गर्ने तया’रीमा रहेको विवाहति जोडीले बताए ।

सर्वोच्च अदा’लतले २०६४ पुस ६ गते दिएको आदेश अनुसार बनेको समलिंगी विवाह अध्ययन समिति’ले ६ बर्ष अगाडि सम’लिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहित सरकारला’ई प्रतिवेदन बुझाइ’सकेको छ । तर, सरकारले यस्तो विवाह’लाई कानू’नी मान्यता दिने सम्बन्धी कानून बनाएको छैन ।

सरकारलाई कानून बनाउन दवाव दिने उद्धेश्य’लेनै सौरभ र सुरजको बैवाहिक कार्यक्रम आयोजना गरिएको परिचय समाजका कार्य’क्रम संयोजक मनोरञ्जन बैद्यले बताए । बैवाहित जोडी’लाई बधाई दिदै परिचय समाज’का अध्यक्ष प्रेम जि’सीले समलिं’गी विवाहको कानून बनाउन सरकारसँग माग गरे ।न्युज२४नेपाल

भिडियाे हेर्नुहाेस…

प्रतिकृया दिनुहोस्