प्रधानमन्त्रीका प्रेस सल्लाह’कार सूर्य थापाले ६ वर्षअघिकाे भाइ’रल भएकाे नेकपा’का उपाध्यक्ष वामदे’व गौतमकाे फाेटाे पाेष्ट गर्नुभएपछि स’ञ्जालमा दोहोरी नै चलेको छ ।
उपाध्यक्ष वाम’देव गौतमका प्रेस सल्ला’हकार विष्णु’मणी सुवेदीले सूर्य थापालाई दलालीकाे आरोप लगाउनु’भएको छ । सुवेदीले फेसबुकमा लेख्नुभएकाे छ-:
‘सूर्य थापा भन्ने केटो, जसको काम/पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले ने’कपा उपाध्यक्ष क. वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँ’माथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ ।’
सुवेदीले प्रधानमन्त्रीको प्रेस सल्ला’हकार थापाकाे नियतै ख’राब भएकाे टिप्प’णी गर्नुभ’एकाे छ । ‘उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपू’र्वक बाटो काटिएको देखिन्छ ।
जसप्रति उहाँले तत्कालै क्षमा मागि’सक्नुभएको छ,’ सुवेदीले लेख्नुभएकाे छ, ‘सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाह’कारको बिल्ला भिरेर पार्टी उपाध्य’क्षका विरुद्ध सामा’जिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो ।
सूर्य थापा को हो, जसले पार्टी उपाध्य’क्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ?पार्टीको केन्द्री’य सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी प’नि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ’
शुक्रबारको सचिवा’लय बैठकमा वामदे’वले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट हटाउन माग गर्नुभएकाे थियाे । उक्त मागपछि थापाले गौतमले सडक’को ‘डिभाइडर’ नाघ्दै गर्नुभएको फाेटाे फेसबुकमा पाेष्ट गर्नुहुँदै ‘को कस्तो ? तस्बिर काफी छ’ भनेर लेख्नु’भएकाे थिया ।
हेर्नुहोस् सुवेदीको सन्देश-
“साथीहरु,
सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो । त्यसले नेक’पा उपाध्यक्ष क.वामदेव गौतमको ७ वर्ष पुरानो फो’टो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ । उक्त फोटोमा कुनै हतारो’को समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ ।
जसप्रति उहाँले तत्कालै क्षमा मागिस’क्नुभएको छ । सवाल फोटोको होइन, मु’लुकका प्रधानमन्त्रीको प्रेस सल्लाह’कारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामा’जिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो । सूर्य थापा को हो, जसले पार्टी उपाध्य’क्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीस’हित गाली गलौज गर्न पाउने ?
पार्टीको केन्द्रीय सदस्यले नेता’विरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ०७४ को चुनावमा वामदेवलाई हरा’उन मतियारी गरेका आधार, प्रमाण’सहित पार्टीमा उजु’री परेको छ । त्यसउपर कार’वाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो ।
तर, त्यस्तो मान्छे प्रधानमन्त्री’को सल्लाह’कार बनाएर राखिएको छ । यो सरकार अलोक’प्रियता हुनु, प्रधानमन्त्रीमाथि अवा’ञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओग’टेको छर्लङ्ग छ ।
कहिले ट्वीटर ह्याण्ड’लबाट प्रधानमन्त्री’लाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चला’एर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिको’ण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जा’मा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै । अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?
प्रिय मित्रहरु,
खासमा यो सूर्य थापा भनेको कुनै संगठन प्रणा’लीबाट विकास भएर आएको नेता होइन । जनता’को बीचमा कार्यक्षेत्र बनाएर आजसम्म काम गरेको छैन । काठमाडौं आउँदा (०४९ सालतिर) सरस्वती क्याम्पसको पढाई खर्च धा’न्नका लागि कांग्रेस’सम्बद्ध पुनर्जागरण पत्रिकामा जागिर खाएर टेपरेकर्ड चोरीको काण्डमा लागेको मान्छे ।
०५१ मा मनमोहन सरकार बनेपछि गोरखा’पत्रमा जागिर खान दौडिएर नसकेपछि दृष्टिमा भर्ति भएको र त्यसपछि पार्टी अफिसको जागिर खाँदै नेताको चाकडी बजाएको भरमा अहिले केन्द्रीय सदस्यसम्म भएको मान्छे हो ।
अखिलको क्याम्प’स प्राकमा सचिव’सम्म भएको मान्छे त्यसपछि कहिल्यै पनि समुदायको बीचमा राजनीति नगरी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नु आफैँमा आश्चर्यको विषय हो ।
माधव नेपाल शक्ति’मा आए उनैको भ’क्ति, झलनाथ उनैको, अहिले केपी ओली हुँदा फेरि तिनैको फेरो समातेर नेतालाई मनलाग्दी लेख्दै भन्दै हिँड्न पाउने यो साँढेलाई तह ल’गाइयोस् माग थुप्रै कार्यकर्ताले गर्नु स्वाभाविक पनि छ ।
यसबाहेक यो मान्छेका अरु व्यक्तिगत स्वभावका टिप्पणी नगरौँ । हामी उसले नेताहरुलाई बद्नाम गर्ने धन्दा चलायो भन्ने नाममा उसका निकृष्ट व्यक्तिगत चरित्रतर्फ जाँदैनौं । मात्रै, यस्ता मान्छेलाई सम्मानित दर्जाबाट मुक्ति दिलाए पार्टी र सरकारको इज्ज’त बच्ने थियो ।”
– न्युज २४नेपाल
प्रतिकृया दिनुहोस्