झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निध’नपछि सिन्दूर पोते फाल्नु’पर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेस’हित घर फर्केर काजकि’रिया बारिरहनुभएको छ ।
उहाँका पति केशव नेपालको मिर्गौला रोग’का कारण शनिबार ६१ वर्षको उमेरमा नि’धन भएको थियो । सत्र दिनअघि घरछेउ पैदल’यात्रा गरिरहेका बेला मोटरसा:इकलको ठक्करले घा’इते भएपछि उहाँको मिर्गौ’लामा स’मस्या थपिएको थियो ।
बिएन्डसी र नोबेल हस्पि’टलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उहाँको शनिबार नि:धन भएपछि स्थानीय देउनिया घाट:मा दाह’संस्कार गरिएको थियो ।
दाहसंस्का’रकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटा’इदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्कि:नुभयो । हाल निजी निवासमा पतिको किरिया बारिरहनुभएकी उहाँको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साह:सिक निर्ण’य भन्दै समर्थन जनाएका छन् ।
“यो मेरा पतिले सौभा’ग्यको रूपमा दिनुभएको हो”, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उहाँ भन्नुहुन्छ, “उहाँ (पति)ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।”
रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइर’हने निर्णय लिएकोमा परिवारको तर्फबाट असह’मति नरहेको जानकारी दिनुभयो ।
वीरता जेसि’जका पूर्वअध्यक्ष सजेश शिवाको’टीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताउनुभयो । “शुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजू”, शिवाकोटीले सामाजिक सञ्जा’लमा लेख्नुभएको छ ।
“श्रीमान्ले दिए जति सबै उहाँको मृ’त्यु’पछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बाल’बच्चा आदि नि त्या’ग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साह’सलाई मान्नैपर्दछ”, सामाजिक सञ्जा’लमा समर्थन जनाउँदै लोकु चापागार्इँले लेख्नुभएको छ ।
रेनुकाको साह’सिक कार्यलाई सा’माजिक सञ्जाल’मार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवा’कोटीले १०० वर्षपछिको समा’जको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेख्नु’भएको छ,
“यो पनि याद गर्नुहोला, तपाईँ’को कुरा का’ट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन कि:नकि तिनकै सन्तान कुनै दिन तपाईँको अनुयायी हुनेछन् ।” रेनुकाका पति स्व केश’व नेपाल कुनै नेता तथा पदीय ओ’होदामा रहेका व्यक्ति होइन ।
उहाँ विर्तामो’डस्थित आफ्नै घरमा सानो पसल चला’उनुहुन्थ्यो । रेनुकासमेत सामान्य गृ’हिणी हुनुहुन्छ । स्व केशव नेपालका दुई छोरा र दुई छोरी छन् ।- ओएस नेपाल भिडियो हेर्न यहाँ थिच्नुहोस्।।
प्रतिकृया दिनुहोस्