Friday, June 9

मृत्यु-अघि कमानसिंहको भावुक स्टाटस: प्रिय, म मरे तिमी र इमान काजकिरियामा सामेल नहुनु !

December 10, 2020 2161

पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निध’न भएको छ । कोरोना संक्र’मित लामाको शिक्षण अस्पताल महारा’जगञ्जमा उपचारका क्रममा नि’धन भएको हो । २०४८ र २०६४ सालमा सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे ।

पारिवारिक रुपमा समेत स’मस्या झेल्दै आएका लामाले आफ्नो फेसबुक पेजमा अन्तिम स्टाटस गत डिसेम्वर ३ मा पोष्ट गरेका छन् । निकै भावु’क बनेर लेखेको उक्त लामो स्टाटसमा आफुलाई सवैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमती’लाई गर्ने गरेपनि श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले जनाएका छन् ।

‘प्रिय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएँ तर त्यो आज याम्बालिङ्ग रुपी बर्मुडा ट्रयाङ्गलमा फसेको छ ! यसलाई सामान्य लोग्नी स्वस्नीको झ’गडाको रूपमा लिँदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नुपर्छ भन्छन्, छ्या कति कुरुप सिलावरको देक्ची कुचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!’ लामाले आफ्नो अन्तिम स्टाटसमा भनेका छन् ।

प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने म्रित्यु शैयाबाट भन्थे होला तर म भन्दिन !!! कोबिटसंग पैंठे जोडि खेल्दैछु !!! सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि !!! तर म आत्तिन्न !!!

यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्नेत यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ?

यो जीवनको जीवन मर’णको लडाईको वेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु !!! बांकी जीवन मोजगर !!! मैले पुरा गर्म नसकेको अधुरा काम अरुसंगै पुरा गर !!! आठै आस्वर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइ सकेकोछु तिमीलाई सक्षम पनि छौ !!! लौ बधाई प्रीय

२८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै शुखदनै रह्यो !!! यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएं !!!

मेरो सेयरको करीब दूइ बर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो !!! उस्ले पैसा नदिए सिधै म संग मिल्न आइज हामी दुई भएर मु’द्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !!!

प्रीय यदि तिमी जालीफ’टाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय !!!

कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय !!! यदि म कथं म मरे मेरो काज’क्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!

अस्पता’लको बेडमा सुतेको फोटोसहित राखिएको उक्त स्टाटसमा ‘यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ति कहिलेलाई चाहियो ?’ भन्ने प्रश्न गरेका छन् ।

उनले जीवन मर’णको लडाईको बेलासमेत साथमानहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने भन्दै ‘लौ प्रिय गरि खान मनग्य गरि दिएको छु !!! बाँकी जीवन मोजगर !!! मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर,’ भावुक भएर लामाले आफ्नो पी’डा पोखेका छन् ।

उनले आफु अन्या’यमा परेको कुरामा कतैबाट न्याय नपाएपछि फेससबुक स्टाटस लेखेको पनि जानकारी गराएका छन् । ‘अनेक प्रयास र कुनै माध्यमले काम नगरेपछि बडो श’रमका साथ यो मिडिया अपनाएँ माफ गर प्रिय !!!

यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!,’ फेसबुक स्टाटसको अन्तिममा लेखेका छन् । रातो’पाटी सहयोगमा

प्रतिकृया दिनुहोस्