दक्षिण कोरियामा रहेका नेपालीले ४ हजार गुणस्त’रीय कोरोना परीक्षण किट्स नेपाल पठाउने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कोरि’याले उपलब्ध गराउने उक्त किटबाट ४ हजार जना’मा कोरोना परीक्षण गर्न सकिनेछ।
कोरियाली कम्पनी सिजेनसँग खरिद गरी ती सामग्री चार्टर्ड उडान’मार्फत पठाउने संघको तयारी छ।
‘उक्त किट्स कोरियन एअरको सोल–काठमाडौं चार्टर्ड उडान तालिका निश्चित हुनासाथ नेपाल पठा’एर सरकार’लाई हस्तान्तरण गरिनेछ’, संघका कोरिया अध्यक्ष यज्ञराज सुवेदीले भने।
स्थानीय सञ्चारमाध्यमका अनुसार कोरिया सरकारले आफ्ना नागरिक लिन अप्रिल १० मा कोरियन एअर काठमाडांै पठाउनेछ।
कोरियामा विभिन्न संघसंस्था’सहित स्वतन्त्र अभियन्तासँगको सहकार्यमा कोरोना भाइरसविरुद्ध ‘एक व्यक्ति एक हेल्थ किट’ अभियान सञ्चालन गरिएको थियो। त्यस क्रममा संकलित रकम’बाट किट्स’सहित स्वास्थ्य सामग्री खरिद गरी नेपाल पठाउन लागिएको संघले जनाएको छ।
उक्त अभियानमा नेपाली रकम करिब १ करोड ४६ लाख संकलन भएको थियो। त्यो भनेको १४ करोड ८४ लाख ५८ हजार कोरि’यन वन हो। किट्स किनेपछि बाँकी रक’मले चीनबाट अन्य आवश्य’क स्वास्थ्य सामग्री खरिद गरी नेपाल पठाइनेछ।
त्यसमा पीपीई गाउन २ हजार सेट, एन ९५ मास्क १० हजार, सर्जिकल मास्क २० हजार, चश्मा २ हजार, प्रोटेक्टिभ भाइजर २ हजार, पञ्जा १० हजार र आइआर थर्मोमिटर ५ सय थान छन्।
यी सामग्री चीनको ग्वान्जाओका नेपाली महावा’णिज्य दूतलाई हस्तान्तरण गरिनेछ। उनले नेपाल सरका’रको चार्टर्ड विमान’मार्फत लैजाने जनाइ’एको छ। कोरिया सरकार’ले विदेश निर्यात’का लागि लगा’एको प्रतिबन्धका कारण चीनबाट किन्न लागिएको संघले जनाएको छ।
प्रतिकृया दिनुहोस्