अभिनेत्री श्वेता खड्का फेरि वै’वाहिक सम्बन्धमा बाँधिएकी छिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठ दिवंगत भएको ६ वर्ष’पछि उनी पुनः दाम्पत्य सम्बन्धमा बाँधिएकी हुन् ।
आफ्ना प्रेमी विजयन्द्र सिंह रावत’सँग उनले सोमबार दिउँसो हिन्दु परम्पराअनुसार विवाह गरेकी हुन् । विजयन्द्र र श्वेता विगत एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । एउटा कार्यक्र’ममा भेट भएपछि उनीहरु निकट भएका थिए ।
आफूह:रुका एक वर्ष लामो प्रेम सम्बन्ध’लाई उनीहरुले दाम्पत्य सम्बन्धमा सोमबार परिणत गरेका छन् । यसअघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग दाम्प’त्य सम्बन्धमा बाँधिए’की श्वेताले विवाहको ४० दिन नपुग्दै आफ्ना पतिलाई गुमाएकी थिइन् । त्यसपछि उनले दोस्रो विवाह गरेकी हुन् ।

काठमाडौंको गोकर्ण रिसोर्ट विवाहका लागि बुक गरेकी अभिनेत्री श्वेताले विवाहका विभिन्न रीतिरिवाज चार दिनयताबाट सम्पन्न गरेपछि मात्र गत सोमबार विवाह गरेकी हुन् । विवाह समारोहमा अभिनेत्री श्वेता र विजयन्द्रका परिवारका सदस्य उपस्थित थिए ।
विवाहमा यी दुईले आफ्ना’ सीमित साथीभाइ र केही सञ्चारकर्मीलाई बोलाएका थिए । अभिनेत्री श्वेताले सिनेकर्मीदेखि साथीभा’इलाई प्रीति भो’ज छुट्टै आयो’जना गर्ने गरेकी छिन् ।
श्वेतासँग दाम्पत्य सम्बन्धमा बाँधिएका विजयन्द्र सिंह रावत सुदूरपश्चिमको धनगडीवासी हुन् । आफू र श्रीमती श्वेताको कोठामा दिवंगत अभिनेता श्री’कृष्ण श्रेष्ठको फोटो राख्न श्वेताले पाउने सर्तमा उनले विवाह गरेका छन् । उनी परि’वारका कान्छा छोरा हुन् ।
अब प’ढाइ सकेर उनी पनि चाँडै व्यवसा’यमा सक्रिय रूपमा आउने भएका छन् । उनका परिवार सबै व्यवसायमा छन् । अभिनेत्री श्वेता पनि इन्टेरियर, होटल र रेस्टुरेन्ट व्यवसा’यमा आबद्ध छिन् ।

एक दशकअघि श्वेताले श्रीकृष्ण श्रेष्ठ निर्मित तथा अभिनित चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा नायि’काका रूपमा अभिनय यात्रा सुरु गरेकी थिइन् ।
चार वर्षको प्रेम सम्बन्धपछि उनीहरुले विवाह गरेका थिए । विवाहको ४० दिन नपुग्दै अभिनेता श्रीकृष्ण श्रेष्ठको निध’न भएको थियो । त्यसपछि ६ वर्षसम्म एक्लै बसे:की श्वेताले सोमबार दोस्रो विवाह गरेकी हुन् ।
कहाँ भेटिएला पछि श्रीकृष्ण र श्वेताले श्रीमान् श्रीमती र कोहिनुर गरी दुई ओटा चलचित्रमा सँगै नायक नायिकाका रूपमा अभिनय गरे ।
श्वेताले उनको सम्झनामा दुई वर्षअघि चलचित्र कान्छी निर्माण गरेकी थिइन् । अभिने’त्रीका रूपमा आफ्नो परिचय बनाएकी श्वेताले दोस्रो विवाहपछि पनि चलचित्र अभिनय र निर्माण लाई निरन्तरता दिने बताएकी छिन् ।
प्रतिकृया दिनुहोस्