पछिल्लो डेढ महिनाको अवधिमा बजा’रमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ । अन्त’र्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।
लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्’न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको बि’क्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो । पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरा’वट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो । कोराना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थाले’पछि क्रमिक रुपमा घट्न थाले’को हो ।
नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सयले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि सोमबार पनि सुनको मूल्यमा एक सय रूपैयाँकै गिरावट आएको थियो । चाँदीको मूल्य भने आज प्रतितोला १२ सय रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्