सरकारले लकडाउन’लाई थप एक हप्ता लम्ब्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रि’परिषद बैठकले लक’डाउन बैखाश ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो। कोरोना भाइरस संक्रम’णलाई नियन्त्रण गर्न भन्दै सरकारले चैत ११ गते लक’डाउन घोषणा गरेको थियो।
मंगलबार (भोलि) लकडाउनको अवधि सकिने भएपछि सोमबार मन्त्रिपरिषद बैठक बसेर लकडाउनको अवधि एक हप्ता थप गर्ने निर्णय गरेको हो।चीन’को वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण नेपालमा पनि देखिएपछि सरकारले उच्च सतर्कता अपनाउँदै आएको छ।
दुई दिनअघि सरकारले लकडाउन’लाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेश’बाट अर्को प्रदेशमा आवत’जावत गर्न प्रतिबन्ध लगाएको थियो। एकै दिन तीनजना व्यक्तिमा कोरोना’भाइरस सङ्क्र’मण देखिएपछि सरकारले लक’डाउनलाई कडा ढङ्गले लागू गर्ने निर्णय गरेको थियो। डिसी नेपालबाट
प्रतिकृया दिनुहोस्