१८ वर्षकी एक किशोरीले सामाजिक संजालमा भि’डियो अपलोड गरेर आफू कोरोनाभाइ’रस संक्रमित भएको र अरुलाई पनि जानी’जानी भाइरस सारिरहेको दावी गरेकी छिन् । यी किशोरी अमेरिकाको टेक्सस राज्यको क्यारोल्टन शहरकी भएको माई टेक्सास डेली ले जानेको छ .
भिडियो सार्वज’निक भएपछि पुलि’सले यी किशोरीको खोजी गरिरहेको छ । सामाजिक संजालमा भिडियो भाइ’रल भएपछि स्थानीय पुलिसले ट्वीट गर्दै यसबारे जानकारी दिएको छ ।पुलिसका अनुसार यी किशोरीको पहिचान भइसकेको छ तर उनलाई पक्रा’उ गर्न बाँकी छ ।
पुलिसका अनुसार भिडि’योमा आफू संक्र’मित भएको र जानीजानी अरुलाइ संक्र’मित गरिरहेको दावी गर्ने किशोरीको नाम लरेन माराडिआगा हो । लरेनमाथि आ’तंक फैलाएको अभि’योगमा मु’द्दा चलाइने पुलिसले जनाएको छ ।
पुलिसले आम मानिसहरुलाई लरेनबाट धेरै खत’रा छ कि छैन भन्ने कुराको भने पुष्टि हुन नसकेको जनाएको छ किनकि लरेन सााच्चै संक्रमित हुन् वा त्यसै हल्ला फैलाएकी हुन् भन्ने खुलासा भइसकेको छैन ।
यद्यपि लरेनले यसरी धम्की’ दिएपछि भने कारवाही गम्भीर रुपमा अगाडि बढाइएको छ । पुलिसले लरेनको गिरफ्ता’रीको लागि आम नागरिकसँग अपिल गरेको छ ।
पुलिसले लरेनको बारेमा कुनै जानकारी भए आफूहरुसँग साझा गर्न आम नागरिकलाई आग्रह गरेको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ३ लाख ३६ हजार नाघिसकेको छ । ९ हजार ६ सयभन्दा धेरैको मृ’त्यु भइस.केको छ । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्