Monday, May 29

नौ महिनापछि बल्ल सवारी लाइसेन्स खुलाउँदै सरकार

December 20, 2020 1115

सरकारले विगत ९ महिनादे’खि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुम’तिपत्र (लाइसेन्स)को परी’क्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेप’छि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको याता’यात व्यवस्था विभागले ला:इसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो ।

त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन । यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

सामान्य अवस्थामै लाइ’सेन्सका लागि भी’डभाड हुने गरेकामा नौ महि’नासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ । विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवे’दन खोल्ने तयारी गरिर’हेकोे छ ।

लिखित र प्रयो’गात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभा’गको रहेको छ । भीडभा’डका कारण को’रोना संक्र’मणको जोखिम हुने भन्दै कोटा तोक्न लागिएको विभा’गले जनाएको छ ।

विभागले सबै कार्याल’यलाई परीक्षा सञ्चा’लनका लागि तयार रहन पत्राचार गरिसकेको जना’एको छ । कोरोना संक्रम’णको सुरक्षाका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्था’सहित तयार रहन विभागले भनेको छ ।

काठमाडौं उप’त्यकामा भक्त’पुरको जागती, काठमाडौंको ठूलो भ-याङ, सुकेधारा र ललितपुरको एकान्तकुना गरी चारवटा कार्यालयमा परीक्षा सञ्चालन गर्ने गरिन्छ । याे खबर राज’धानी  दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्